April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन् । सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् । उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा व्यक्त गरेकाले उनलाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।

Advertisement

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रसिद्ध हिमाल आरोही हुनुहुन् । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहेका उनले यसअघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरिसकेका छन् । उनले मनास्लु हिमाल एक पटक, आमा डवलम ३ पटक, पुमरी एक पटक, मेरा पिक ५ पटक सिंगा चुली एक पटक, टेनपिक २ पटक, दम्पोस पिक एक पटक, लार्के पिक एक पटक, अम्विगेप्चेन एकपटक, आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक, सोलु पिक एक पटक, लाङसिसरी एकपटक,नयाँकाङ ३ पटक, एलापिक ३ पटक, रमुदङ एक पटक, खाम्सेकु एक पटक लगायत २६ बढी हिमाल आरोहण गरिसकेका छन् । नेपाल वाहेक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढिसकेका छन् ।

झण्डा हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहीसहित संघका महासचिव जिएम, उपमहासचिव अशोक दाहाल, प्रवक्ता सञ्जीप राई, कार्यालय प्रमुख नरेश गिरी, कोषाध्यक्ष दीपक दुवाडी, स्थायी कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो । अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरे ।