April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिसेक्पा तङ्नाममा नि:शुल्क स्वास्थ्य शिविर, गायक राम लिम्बुलाई सम्मान गरिने

सिसेक्पा तङ्नाममा नि:शुल्क स्वास्थ्य शिविर, गायक राम लिम्बुलाई सम्मान गरिने

लन्डन । याक्थुङ लिम्बु समुदायको महत्त्वपूर्ण पर्व सिसेक्पा तङ्नामका अवसरमा किरात याक्थुङ चुम्लुङ यूकेले नि:शुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । सहभागीहरूका लागि विशेष सुविधा प्रदान गर्न स्वास्थ्य शिविर राख्न लागिएको हाे ।

शनिबार जुलाई १६ तारिखमा कियाचु यूकेकाे आयाेजनामा मेडस्टाेनकाे याल्डिङमा हुन लागिरहेको सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रममा करिब ४ हजार सहभागी हुने अपेक्षा गरिएको छ । जसमध्ये, ज्येष्ठ नागरिक, दीर्घ राेगी र सर्वसाधारणहरूलाई विशेष सुविधा प्रदान गर्न राष्ट्रिय स्वास्थ सेवा(एन्एच्एस्)सँग सहकार्य गरेर शिविर शिविर राख्न लागिएको संयाेजक एवम् कियाचु यूके उपाध्यक्ष गणेश इजमले बताए । एमओेटी सेवा दिँदै विशेष अवस्थाका राेगीहरूकाे सूची बनाएर अस्पतालमा रिफर गरिने समेत जनाए ।

Advertisement

गायक राम लिम्बु ।

त्यसैगरी, तङ्नामकै अवसर पारेर गायक राम लिम्बु(फागाे वनेम) लाई समेत सम्मान गरिने अध्यक्ष नरवीर आङ्वाेले जनाए । रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुलाई उक्त अवसर सम्मान गर्न लागिएकाे उनले बताए । गायक लिम्बुले केही लाेकप्रिय गीतहरू समेत प्रस्तुत गरेर मनाेरञ्जन दिने आयाेजकले बताए । शनिबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यकाे प्रमुख आतिथ्यमा तङ्नाम हुँदैछ ।

सन् २०१९ जुलाई १३ मा उद्घाटन भएको २५.३३ एकड क्षेत्रफलकाे चुम्लुङ देन(जग्गा)मा काेभिड महामारीका कारण तीन वर्षपछि तङ्नाम हुन लागेको हाे । साउने संक्रान्तिकै दिन याक्थुङ समुदायले सिसेक्पा तङ्नाम मनाउँदै आएका छन् । सिसेक्पालाई सहकाल भित्र्याउने चाडका रूपमा समुदायमा लिइन्छ । यूकेमा सन् २००६ बाट तङ्नाम व्यापक रूपमा मनाउन थालिएको हाे ।