April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

लन्डन । छैटौं पीपल गल्फ च्याम्पियनसीप प्रतियोगिता सम्पन्न भएको छ ।

गोर्खा गल्फ सोसाईटीको आयोजना र पीपल ग्रुपको मुख्य प्रायोजनमा गत शनिबार २३ जुलाईका दिन शेरफिल्ड वक गल्फ क्लब बेजिङ्गस्टोकमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा १२० जना गल्फ खेलाडीहरुले भाग लिएका थिए ।

Advertisement

ट्रफीसँग विजेता गुरुङ ।

पीपल ग्रुपका निर्देशक सूर्यप्रकाश गुरुङ र गोर्खा गल्फ सोसाईटीका अध्यक्ष सोमरास तामाङले संयुक्तरुपमा बिहान ७:३० बजे उद्घाटन गरेको प्रतियोगितामा गजेन्द्र गुरुङ ग्रस विनर (विजेता) बने भने युवराज शाही ओभरल नेट विनर भए । दुवै विजेताले एक/एक तोला सुन, रनिङ्ग र व्यक्तिगत ट्रफी प्राप्त गरे ।

३ वटा डिभिजनले भाग लिएको उक्त खेलको ‘ए’ डिभिजनतर्फ अशोक गुरुङ विनर, फुर्तेन्जी शेर्पा फस्ट रनरअफ र सरोज गुरुङ सेकेन्ड रनरअफ बने । त्यस्तै, डिभिजन ‘बी’ बीएर्फ बलबहादुर लिम्बु विनर, प्रेमकाजी गुरुङ फस्ट रनरअफ र ईश्वर चाम्लिङ सेकेन्ड रनरअफ भए ।

डिभिजन ‘सी’तर्फ १२ वर्षीय हिमाल गुरुङ विनर, कृष्ण तामाङ फस्ट रनरअप र मनबहादुर राना सेकेन्ड रनरअप भए । ३ वटै डिभिजनका विनरलाई व्यक्तिगत ट्रफी र १५० पाउन्ड नगद, फस्ट रनरअपलाई व्यक्तिगत ट्रफी र १०० पाउन्ड नगद र सेकेन्ड रनरअपलाई व्यक्तिगत ट्रफी र ७५ पाउन्ड नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका सिनियर खेलाडीतर्फ रुद्रबहादुर खड्का विजेता बने भने पहिलोपटक भाग लिएका खेलाडीतर्फ १८ वर्षीया रुबिशा मल्ल विजेता भइन् । त्यस्तै, बीर लिम्बु (एनटीपी–१), देव राना (प्रो–एप्रोज ईन टु), युवराज शाही (एलडी सिनियर) र मनोज गुरुङ (एलडी ओपन) ले नोभल्टी प्राइज जिते ।

प्रतियोगितामा प्रायोजक पीपल ग्रुपका निर्देशक सूर्यप्रकाश गुरुङसहित पीपल ग्रपका नाग्स राई, हरि गुरुङ, प्रिया गुरुङ, प्रतिमा गुरुङ र लाक्पा शेर्पाले रनिङ्ग ट्रफी, व्यक्तिगत ट्रफी र नगद पुरस्कार संयुक्तरुपमा वितरण गरेका थिए ।

गोर्खा गल्फ सोसाईटीका सचिव गिताजंग गुरुङले संचालन गरेको पुरस्कार वितरण कार्यक्रममा गल्फ सोसाईटीका अध्यक्ष तामाङ, पीपल ग्रुपका अध्यक्षलगायत सहभागीले सबै खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । साथै, उनीहरुले गल्फ खेलतर्फ नेपाली युवाहरुको समेत आकर्षण बढेकोमा खुशी व्यक्त गर्दै आउने दिनहरुमा खेलाडीको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

स्मरण रहोस्, पीपल ग्रुपले विगत केही वर्षदेखि पोखरेली मञ्च यूकेद्वारा आयोजित पीपल नेपाल कप क्रिकेट प्रतियोगिताको समेत मुख्य प्रायोजन गर्दै आएको छ । त्यस्तै, यसै वर्षदेखि पीपल नेपाल रनसमेत सुरु गरेको छ ।

पीपल ग्रुपअन्तर्गत रहेको पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्ट्सले मोर्गेज, प्रोटेक्सन्स, इन्स्योरेन्स, विल्स, लेटिङ्गस, सेल्स, म्यानेज्मेन्टलगायतका सेवा प्रदान गर्दै आएको छ । हालसम्म पीपल ग्रुपले फानवरो, आस्फोर्ड, स्वीन्डन, हन्स्लो, टीथवर्थ र वेस्लीहिथमा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।