April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

राष्ट्रिय गाेलकिपर एञ्जिला सम्मानित

काठमाडौं । याक्थुङ लिम्बुहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौं’ले नेपाली महिला राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बालाई सम्मान गरेको छ ।

शनिबार चुम्लुङ केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गरि तुम्बापोलाई खेलकुदको क्षेत्रमार्फत राष्ट्रलाई योगदान गरेको भन्दै सम्मान गरेको हो ।

Advertisement

उक्त सम्मान कार्यक्रममा तुम्बापोलाई नगद १० हजार, सम्मान–पत्रका साथै लिम्बुहरुको मौलिक चिनारी ‘सिलाम साक्मा’ प्रदान गरिएको मञ्चकी अध्यक्ष संगीता सुहाङले बताइन् ।

सम्मान ग्रहण गर्दै खेलाडी तुम्बापोले आफ्नो योगदानको कदर गर्दै सम्मानीत हुँदा आफूलाई खुशी लागेको प्रतिकृया दिइन् ।

तुम्बापो नेपाली महिला राष्ट्रिय टोलीको पहिलो रोजाइकी खेलाडी हुन् ।

सिसेक्पा कपका विजयीहरूलाई पुरस्कार वितरण

यसैगरी, ‘पहिचान र अस्तित्व बचाऔँ, सम्पूर्ण याक्थुङ युवाहरू एक हौ’ भन्ने नाराका साथ याक्थुङ युवा मञ्च काठमाडौंले गत साउन ७ र ८ गते आयाेजना गरेको “सिसे:क्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९ “का विजयीहरूलाई पुरस्कृत गरेको छ ।

विजेता टिम ट्रफीसहित ।

तेस्रो संस्करणको प्रतियोगितामा सातदोबाटोका सेभेन वेज युनाइटेड फुटसल क्लब विजेता बनेको थियोे । टिमले नगद ५५,५५५ रूपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ। त्यस्तै, उपविजेता याक्थुङ युथ एसोसिएसनले ट्रफीसहित नगद रु. ३३,३३३ प्राप्त गर्न सफल रह्याे । त्यसै गरी, उत्कृष्ट गाेलरक्षक, स्ट्राइकर, रक्षक र उत्कृष्ट खेलाडीहरू पनि पुरस्कृत भएको मञ्च काठमाडौंकी अध्यक्ष सङ्गीता सुहाङले जनाइन् ।

उपविजेता टिम ।