उपत्यकामा थप निषेधाज्ञाबारे गृहमन्त्रालयले नै निर्णय लिन प्रजिअहरुले अनुरोध गर्ने
भाद्र १६, काठमाडाैं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध गर्ने भएका छन् । मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र...
