सिन्धुपाल्चोक लिदीका पहिरो पीडितहरूलाई राप्रपाको सहयोग
भाद्र ११, सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई विहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको क्रममा मृत्युवरण गरेका १२ परिवारलाई प्रति परिवार १२ हजार रूपैयाँ वितरण गरेको हो...
