April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

समाचार

प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

दोलखा – दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनःनिर्माण सम्पन्न भएको हो । विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा प्राचीन शैलीमा चुना सुर्किको प्रयोग गरी बुट्टेदार काठको प्रयोग गरी पुरानै शैलीमा निर्माण गरिएको छ…

हिउँले रोकिएका दुई जहाजको उडान

हिउँले रोकिएका दुई जहाजको उडान

सिमकोट – हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर…

  • सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

    सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

    काठमाडौं- अस्ट्रेलियामा भइरहेको बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेले एक विकेट लिएका छन्। मेलबर्न स्टार्सविरुद्ध होबर्ट हुरिकेन्सका लागि उनले आठौँ ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेलको विकेट लिएका हुन्। चार ओभर बलिङमा उनले ३६ रन खर्चिए।  यसअघि सन्दीपले दुई सिजन बिग बास...

  • विष्फोटक पदार्थसहित दुई पक्राउ

    विष्फोटक पदार्थसहित दुई पक्राउ

    मान्म - जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज...

  • हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए

    हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए

    हुम्ला - हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । हिमपातका कारण तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत...

  • हुम्लामा भारी हिमपात

    हुम्लामा भारी हिमपात

    हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । हिमपातले उडान...

  • पोखरा हस्तकला सङ्घमा खड्का

    पोखरा हस्तकला सङ्घमा खड्का

    पोखरा - कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल...

  • सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ । पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो ।...