खानेपानी सुविधाबाट बञ्चित स्थानीयवासी
तम्घास - गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीस्थित भयकोटका १०५ घर स्वच्छ खानेपानीको अधिकारबाट बञ्चित छन् । स्थानीय देउबहादुर दर्लामीले एक गाग्रो पानीका लागि मध्यरातमै उठेर पानी भर्न कुवासम्म जानुपर्ने गुनासो गर्नुभयो । “एक गाग्रो पानीको लागि जान र आउन गरी तीन...
