April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनजाति महासंघ यूकेको नेतृत्वका लागि रस्साकस्सी सुरु, उम्मेदवारी दरखास्तको म्याद थप

जनजाति महासंघ यूकेको नेतृत्वका लागि रस्साकस्सी सुरु, उम्मेदवारी दरखास्तको म्याद थप

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशन नजिकिंदै जाँदा आगामी कार्यकालका लागि आउने नेतृत्व बारे जनचासो बढिरहेको छ । बेलायतमा स्थापित बिभिन्न जातीय संस्थाहरुमध्ये ११ वटा संस्थाहरु महासंघमा आबद्द छन् । चौथो महाधिवेशन आगामी शनिबार १९ जुनमा भर्चुअल रुपमा गर्ने तय भएको छ ।

चक्रीय प्रणाली अन्तर्गत महासंघको नेतृत्व सबै सदस्य संगठनहरुले पालै पालो नेतृत्व गर्दैआएका छन् । २००९ मा स्थापित महासंघमा मगर संघ यूकेबाट थर्क राना, किराँत याक्थुङ चुम्लुङ यूकेबाट सिरी लिम्बू, बेलायत छन्त्याल संघबाट तुल छन्त्याल र सुनुवार सेवा समाज यूकेबाट जंग सुनुवारले नेतृत्व गरिसकेका छन् । अतः आगामी नेतृत्वका लागि तमू धीं यूके, किराँत राई यायोक्खा किराँत याक्खा छुम्मा यूके, शेर्पा संघ यूके, तामाङ सोसायटी अफ यूके, दुरा सेवा समाज यूके र तोक्पेगोला समाज यूकेका लागि मैदान खुला भएको छ ।

Advertisement

उल्लिखित सात सदस्य संगठनहरुमध्ये अहिलेसम्म किराँत याख्खा छुम्मा यूके, किराँत राई यायोक्खा यूके, दुरा सेवा समाज यूके, तोक्पेगोला समाज यूके र किराँत याक्थुङ यूकले आफ्ना पाँच पाँच जना प्रतिनिधिहरु पठाइसकेको छ ।

यसैबीच निर्वाचन समितिले सबै सदस्य संगठनहरुबाट आफ्ना प्रतिनिधिहरु नआइसकेको भन्दै उम्मेदवारी दरखास्तको म्याद जुन १४ बाट बढाएर जुन १६ बनाएको छ ।

“तामाङ सोसायटी अफ यूके, तमू धीं यूके, बेलायत छन्त्याल संघ र मगर संघ यूकेले आफ्ना प्रतिनिधिहरुको नाम अझै पठाउन बाँकी रहेको र उहाँहरुले यसका लागि अझै गृहकार्य गरिरहेका सन्दर्भमा हामीले उम्मेदवारी दर्ताका लागि दुई दिन थप गरेका हौं,” – निवार्चन समिति २०२१ का अध्यक्ष भक्तबहादुर दुराले नेपाल मामिलालाई बताए ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म अध्यक्ष पदका लागि तीन जनाको नाम दर्ता भएको छ । किराँत याक्खा छुम्मा यूकेका पूर्व अध्यक्ष धन रोगू, महासंघका पूर्व महासचिव कर्मा पहाडी शेर्पा र किराँत राई यायोक्खा यूकेबाट भगवान चाम्लिङले महासंघको आगामी नेतृत्वका लागि दावी गरेका छन् ।