April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेफिन यूकेले आदिवासी दिवस मनाउने

नेफिन यूकेले आदिवासी दिवस मनाउने

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आदिवासी दिवस मनाउने भएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर नेफिन यूकेले दिवस मनाउन लागेको हाे ।

केही दिनअघि बसेकाे भर्चुअल बैठकले आगामी अगष्ट १४ मा विश्व आदिवासी दिवसका दिन कार्यक्रम आयाेजना गर्न निर्णय गरेको नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पाले बताए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यकाे मुख्य आतिथ्यमा कार्यक्रम गरिने उनले बताए । यसका लागि केही जिम्मेवारी बाँडफाँड समेत गरिएको छ । प्रचारप्रसारका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फाेनिज) यूके अध्यक्ष गाेमा राना मगरलाई दिइएको छ । स्थल र हल बुकिङ जिम्माका लागि सल्लाहकार ज्ञाम गुुरुङलाई ताेकिएकाे छ । विश्व आदिवासी दिवस हरेक वर्ष अगष्ट ९ तारिखमा पर्छ ।

Advertisement

नेफिनकाे झण्डा ।

बेलायतमा रहेका आदिवासीजन्य सङ्घसंस्थाहरूलाई नेफिनसँग निकट सम्बन्ध स्थापना गराउन आदिवासी जनजाति युवा महासङ्घ(वाइईफिन), यूकेलाई दिइएको छ । उसलाई चलचित्रकर्मी, साहित्यकार/लेखक महासङ्घहरूसँग समन्वय गर्ने जिम्मा दिइएको छ ।

नेफिन यूके महासचिव विमला सेने लिम्बुले सङ्घीय परिषदमा सदस्यहरू थप गर्न जातीय संस्थाहरूलाई पत्राचार गर्ने बताइन् । नेफिन यूकेमा आबद्ध संस्थाहरूलाई एक महिलासहित तीन सदस्य माग गर्ने उनले जनाइन् । त्यस्तै, आर्थिक उपार्जनका लागि निकट भविष्यमा च्यारिटी रात्री भाेज आयाेजना गर्ने नेफिन यूकेले जनाएको छ । यसका लागि पूर्व अध्यक्ष सिरी साम्यू लिम्बुलाई संयाेजक ताेकिएकाे छ ।

बैठकमा फाेनिज अध्यक्ष गाेमा राना मगरले स्वागत गरिन् । बैठकमा पूर्व अध्यक्ष तुल छन्त्याल, आदिवासी जनजाति महिला महासङ्घ यूके अध्यक्ष शान्तकला राई, सल्लाहकारहरू ज्ञाम गुरुङ, एकिन्द्र गुरुङ, दूत पुन, धर्म तामाङ, सुनुवार सेवा समाज यूके अध्यक्ष मनाेज सुनुवार लगायत उपस्थित थिए । नेफिन यूकेकाे स्थापना सन् २००९ मा भएको थियो ।