April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

डा.पुन र नेफिन महासचिव राईसँग बेलायतमा अन्तरक्रिया

साउथ ह्याराे(लन्डन) । नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग वेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन् ।

प्रस्तुति दिँदै डा. महावीर पुन ।

शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुराको सभाकक्षमा आयोजित सो कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महासंघ, यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ, यूके र नेपाल जनजाति पत्रकार महासंघ, यूकेले संयुक्त रुपमा गरेको हो ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथी रहेका दिवस राई किरात राई यायोख्खा नेपालका अध्यक्ष समेत रहेका छन् । उनी किरात राई यायोख्खा वेलायतले आयोजना गरेको साकेला मनाउन वेलायत आइपुगेका हुन् । अन्तरकृयामा वोल्दै उनले आदिवासी जनजातिहरुको अन्दोलन अब आन्दोलन मात्र नरहेर प्राप्तिको आन्दोलन हुनुपर्ने जिकिर गर्दै राष्टको हरेक क्षेत्र तथा निकायमा जे जति अवसरहरु प्राप्त हुन्छन् ती अवसरहरुलाई सदुपयोग गर्दै सामूहिक रुपमा आन्दोलन अगाडि बढाउन पर्ने बताए ।

नेफिन महासचिव राई ।

कार्यक्रममा विषेश अतिथिका रूपमा बाेल्दै डा.महावीर पुनले विश्वका जुनसुकै कुनामा रहेका इनोभेटीव व्यक्तिहरुलाई आविष्कार केन्द्रमा आबद्ध हुन आवह्वान गरे । उनले विशेष गरी जनजातिहरु मनोरन्जन, भोज भतेरतिर बढी केन्द्रित भएको गुनासो गर्दै उनीहरुलाई आविष्कार केन्द्रतर्फ ध्यानाकर्षण गराए । कार्यक्रममा उनले हालसम्म राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको कामहरुको पावरपइन्ट मार्फत प्रस्तुत गरेका थिए ।

सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाले महिला महासंघ र जनजाति पत्रकार महासंघ सँग सहकार्य गरी चाँडै नै राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरू ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति युवा महासंघ नेपालका अध्यक्ष हेमन्त राईको समेत उपस्थिति रहेको थियो । उनको उपस्थितिमा बेलायतमा रहेका जनजाति युवाहरुलाई गोलबद्ध गरी युवा महासंघको गठन गर्नका लागि पाँच सदस्य रहेको तदर्थ समिति गठन गरिएकाे थियाे । अमित थेवे संयोजक रहेको सो समितिमा रुद्र थापा, एस के गुरुङ , अभिषेक सुनुवार र हिमान सीं दुरा सदस्य रहेका छन् । जनजाति महासंघका अध्यक्ष कर्म पहाडी शेर्पाले अध्यक्षता गरेको सो कार्यक्रममा जनजाति पत्रकार महासंघकी अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य व्यक्त गरिन् । महिला महासंघकी अध्यक्ष शान्तकला राईले कार्यक्रमको आर्थिक व्यावस्थपन गरिन् । कार्यक्रममा द कमाण्डो चलचित्रका अभिनेता राज कुमार राईको समेत उपस्थिति थियो ।

कार्यक्रममा कवि तथा युद्ध साहित्यका अभियन्ता नरेश कांङमाङ राई , जनजाति अभियन्ता, गीतकार तथा सन्देशमूलक गीतका गायक कर्म पहाडी शेर्पा, उच्च शिक्षा हासिल गरेका सल्लाहकार विश्वासदीप तिगेला र महासंघकी वरिष्ठ उपाध्यक्ष लिला सेलिङ मावो साथै किरात राई यायोख्खा बेलायतका नवनिर्वाचित अध्यक्ष मेजर रिटार्यड योगेश कोयु राईलाई प्रमुख अतिथिबाट खादा लागाई सम्मान गरियो ।

महासंघका महासचिव विमला सेनेले संचालन गरेको सो कार्यक्रममा सल्लाहकार तथा संस्थापक अध्यक्ष थर्क राना, सल्लाहकार तथा पूर्व अध्यक्षहरु सिरी लिम्बु, तुल छन्त्याल, सल्लाहकार धर्म तामाङ, विश्वासदीप तिगेला, नरहाङ राई, कल्पना राई, सुनिल राना मगर, किरात राई यायोख्खाका अध्यक्ष मेजर योगेश राई, किरात याक्थुङ चुम्लुङ युकेका सल्लाहकार याम आङबाेहाङ लागायतले जिज्ञासाहरु राखेका थिए ।