April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

काठमाडौँ । बेलायतमा रहेर पनि विगत लामो समयदेखि मौलिक गीत, कला र संस्कृतिमा लागिपरहेकी सर्जक रीता फोम्वो ठूलीले याक्थुङ लिम्बु भाषाको पाःलाम गीत निङ्वासुमको पाँचौ भाग सार्वजनिक गरेकी छिन् । महिना दिने बिदामा नेपाल निस्किएकी फोम्वो ठूलीले गत शुक्रबार गीत विमोचन गरेकी हुन् ।

आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको पाःलामको शब्द फोम्वो आफैँले लेखेकी हुन् । गीतमा स्वर किन्नरी मनु नेम्वाङ र गायक जीवन केदेमको स्वर रहेको छ । ताप्लेजुङे गायक केदेम पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट दशमा पुगेका गायक समेत हुन् । उनीहरूलाई गायक सुमन लिम्बु र विष्णु शेर्माले समेत साथ दिएका छन् । हाङ चेम्जोङको निर्देशनमा बनेको म्युजिक भिडियोमा च्यापतेकी आमा(पुष्पाञ्जली तिल्लिङ), जीवन केदेम, सुमन लिम्बु, रीता फोम्वो ठूली, तुलसी कन्दङ्वा, गंगा कन्दङ्वा इङ्नाम, धनकुमार कन्दङ्वा, गीता कन्दङ्वा फोम्वो, लक्ष्मी कन्दङ्वा, संगीता सुब्बा कन्दङ्वा, बालकुमार कन्दङ्वा, हर्कबहादुर कन्दङ्वा, लीला कन्दङ्वा, चन्द्रकुमार कन्दङ्वा, मन कुमार कन्दङ्वा, पुरिना कन्दङ्वा रहेका छन् ।

Advertisement

आठराईको संक्रान्ति थेगुनको सुन्दर दृश्यहरूलाई देवराज सिग्देल मोतीले क्यामेरामा कैद गरेका छन् । ड्रोनमा नोगेन धिमालले सहयोग गरेका छन् । इसाक जवेगूले सम्पादन गरेको गीतमा सोम मंग्रान्तिले श्रङ्गार र ओज हाङ चेम्जोङले यातायातमा आफ्नो उपस्थिति देखाएका छन् । युङ्चाहिम नखिपोटमा सार्वजनिक भएको कार्यक्रममा प्राज्ञ उपप्राध्यापक अमर तुम्याहाङ, याक्थुङ संस्कृतिविद् एवम् कलाकार यासेली योङहाङ, गायक ब्रबिम शेर्मा, रचनाकार सूर्य खापुङ, संगीतकार यादन शेर्मा, किरात याक्थुङ चुम्लुङ यूकेकी सचिव सानु सुब्बा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

निङ्वासुम पाँचको म्युजिक भिडियो ।