April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन डिसेम्बर दोस्रो साता हुने भएको छ । नेकपा माओवादी केन्द्रको प्रवास अङ्गका रूपमा रहेको मञ्च यूकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको हो ।

डिसेम्बर एक तारिख बुधबारका दिन बसेको आयोजक समितिको बैठकले यूके मञ्चको चौथो सम्मेलन कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको अध्यक्ष सुरेश गौतमले बताए । सम्मेलन आयोजक कमिटिका अध्यक्ष समेत रहेका गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । जस अनुसार प्रचार प्रसारका लागि राष्ट्रिय कमिटि सदस्य तथा युवा विभाग प्रमुख नविन तामाङको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार उपसमिति गठन गरिएको छ । समितिले पत्रकार एवम् सञ्चारमाध्यमसँग समन्वय गर्ने छ । त्यस्तै, राष्ट्रिय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा नौ सदस्यीय संघ संस्था समन्वय उपसमिति पनि गठन गरिएको छ ।

Advertisement

लामो समयपश्चात हुन लागिरहेको सम्मेलनले आगामी दुई वर्षका लागि नयाँं नेतृत्वको चयन गर्ने छ । सम्मेलनमा प्रमुख अतिथिका रूपमा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निम्तो गरिएको मञ्चकी महिला संयोजक विमला लिम्बुले सिलौटी टाइम्सलाई बताइन् । त्यसैगरी, विशेष अतिथिका हिसाबले पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अतिथिमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, सचिव टी.बी. पाठक, नेपाली जनप्रगतिशील मञ्च यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षेत्री पनि सहभागी हुने उनले जनाइन् ।