April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ ।

आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको कार्यकाल दुई वर्ष रहनेछ । सन् २०२१–२३ को कार्यकालका गठित समितिको उपाध्यक्षहरूमा तुल छन्त्याल, फूल प्रसाद कँडेल, शेर सिंह ठकुरी, नवीन स्याङ्तान तामाङ छन् । त्यस्तै, महासचिवमा विमला लिम्बु, सचिवहरूमा कान्छा राम बुढाथोकी ‘विनय’, राजमणि राई, कोषाध्यक्षमा कपिल श्रेष्ठ, सहकोषाध्यक्षमा माया केसी रहेका छन् । त्यस्तै, सदस्यहरूमा राममणि रिजाल, हरि कृष्ण पौडेल, विष्णु चालिसे, रूद्र गैरे, मिलन लिम्बु विपिन गुरूङ, अरूण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, सन्तोषी नाल्वो, दिपक कुमार गुरुङ, लक्पा डोमा शेर्पा लामा, गंगा कुमारी गुरुङ विशाल गोले तामाङ, राजेन्द्र गुरुङ, वीर बराल, सागर सुब्बा, मेख गुरुङ, रचना राई, हरि अर्याल, बिष्णु माया बस्नेत, रबि घिमिरे, ललित परियार छन् ।

Advertisement

पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा भएको महाधिवेशन तत्कालीन अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको थियो । खुल्ला सत्रलाई उपाध्यक्ष तुल छन्त्यालले सञ्चालन गरेका थिए । मञ्च यूकेको स्थापना सन् २००४ मा भएको हो ।