March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

लन्डन । जनप्रगतिशील मञ्च(एनपीपीएफ) यूरोपले २७ ओैँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनले मञ्चले यूरोपम रहेका नेता कार्यकताहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो ।

आइतबार भर्चुअल जुमबाट कार्यक्रम गरेर जनयुद्ध सुरु भएको दिनलाई स्मरण गरिएको प्रचार प्रसार विभाग प्रमुख विनय बुढाथोकीले जनाए । एनपीपीएफ यूरोपका संयोजक सुरेन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रम प्रवास कमिटीका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शर्माले नेपालमा जनयुद्ध सुरु भएकै कारण संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको मुद्दा राजनीतिक रूपमा संस्थागत भएको विचार राखे । उनले आउन लागेको निर्वाचनमा परिवर्तनको मुद्दा बोक्ने शक्तिलाई जोगाइराख्न यूरोपमै बसेर भएपनि सशक्त भूमिका खेल्न पार्टीका नेता कार्यकताहरूलाई आग्रह गरे ।

Advertisement

कार्यक्रमको ब्यानर ।

सचिव रण बहादुर खातीको सञ्चालनमा भएको कार्यक्रमम प्रवास कमिटीका सचिव टीबी पाठक, एनपीपीएफ पोर्चुगलका पूर्व अध्यक्ष राजेन्द्र गौतम, बेलायतकी महासचिव विमला लिम्बु, पोर्चुगल अध्यक्ष दावा लामा, डेनमार्कका संगठन विभाग प्रमुख उदयराज गिरी, स्पेनका पूर्वमहासचिव गंगा भुसाल, बेल्जियमबाट कल्पना मगर, निर्मला बजगाई, दिल्ली भण्डारी, दुर्गा प्रसाद सुवेदी, मनिष गुरूङ, जानुका धमला, किष्ण अर्याल लगायतले मन्तव्य राखेका थिए ।

तत्कालीन नेकपा मओवादीले २०५२ फागुन १ गते नेपालमा तत्कालीन एवम् अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवालाई ४० सूत्रीय माग राख्दै जनयुद्धको घोषणा गरेको थियो । १० वर्षको युद्धमा विद्रोही पक्ष र राज्य पक्षबाट गरेर करिब १७, ८०० जनाले ज्यान गुमाएका थिए । ०५७ सालसमम आइपुग्दा नेपालका अधिकांश जिल्लाहरूका गाउँ र सदरमुकाममा पार्टी महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा स्थापित भएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहले ०६१ माघ १९ मा शासन सत्ता आफ्नो हातमा लिएपछि एक सालपछि ०६२ मा सात दल र माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे राजनीतिक समझदारी भएको थियो । जसका कारण ०६२/०६३ मा दोस्रो जनान्दोलन हुँदै प्रतिनिधिसभा पुनःस्थापना भएको थियो । सभाले ०६४ चैतमा माओवादीले उठाएको संविधानसभाको निर्वाचन भएपछि पार्टी पहिलो शक्तिका रूपमा उदाएको थियो । संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष मुलुक घोषणा गरेको थियो ।