April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

लन्डन । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवेशन सुरु भएको छ । पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो ।

आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा भइरहेको छ । यसैगरी, बेलायतका कार्यवाहक नेपाली राजदूत एवम् उपनियोग प्रमुख रोशनी खनाल पनि विशिष्ट अतिथिका रूपमा सहभागी छिन् । मञ्च यूकेका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भइरहेको महाधिवेशनको खुल्ला सत्रमा अन्य राजनीतिक दलनिकट प्रवास संगठनका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

Advertisement

जनप्रगतिशील मञ्च यूकेको लोगो ।

महाधिवेशनलाई जनता समाजवादी पार्टीनिकट चन्द्र गुरूङ, नेकपा एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्चका कृष्ण तिवारी, राष्ट्रिय जनमुक्ति पार्टीनिकट जनमुक्ति मञ्च यूकेका अध्यक्ष नारायण पुन, नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), नेपालका भक्त दुरा, नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुव अर्याल, अर्को समूहको प्रतिनिधित्व गर्ने महासंघका विपीन निरौला लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

मञ्चका नेता तुल छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा महिला विभाग प्रमुख विमला लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् । मञ्च यूकेको स्थापना सन् २००४ मा भएको हो । नेकपा विभाजन भएर पूर्ववत् नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भएसँगै प्रवासमा पनि सङ्गठनहरूको गठन पुनगर्ठन भइरहेको छ । तीन तहको निर्वाचन हुने सम्भावान बढेसँगै देशका सबै राजनीतिक दलहरू यतिबेला महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिरहेका छन् ।