July 27, 2024, Saturday
२०८१ श्रावण १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तुम्बेवामा जसपाको सुज अभियान

तुम्बेवामा जसपाको सुज अभियान

पान्थर । जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढीकरण एवम् जनजागरण(सुज) अभियान अन्तर्गत पान्थरको तुम्बेवा गाउँपालिकामा पार्र्टी गठन तथा पुनर्गठन कार्यक्रम हुने भएको छ ।


२०७८ मङ्सिर १६ गते तुम्बेवाको मौवामा जसपा तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष रोशन लाओतीको अध्यक्षतामा बसेको बैठकले संगठन गठन तथा पुनगर्ठन गर्ने निर्णय गरेको हो । बैठकमा जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष, सुज अभियान तुम्बेवाका संयोजक जेन्टल लाओतीको प्रमुख आतिथ्यतामा, जसपा लिम्बुवान राष्ट्रिय समिति सदस्य आइत सम्बाहाम्फे, पान्थर जिल्ला सचिव कमलराज नेम्बाङ, पान्थर संघीय युवा मंचका अध्यक्ष कमल हाङ्स्रोङ लगायत उपस्थित थिए । सो बैठकले तुम्बेवा गाउँपालिकाका पाँचै वडामा जसपाको वडा गठन एवम् पुनर्गठन कार्यक्रम तय गरेको छ ।

Advertisement

जसअन्तर्गत २०७८ मङ्सिर १७ गते तुम्बेवा – ५ हाङ्गुमको आहाल डाँडामा बिहान ८ बजे, मङ्सिर १७ गते तुम्बेवा– ४ ओलनेको बरबोटेमा दिनको एक बजे, मङ्सिर १८ गते तुम्बेवा – ३ मौवाको सुब्बा टोलमा बिहान ८ बज,े मङ्सिर १८ गते तुम्बेवा–२ मौवाको चुवाडे त्रिवेणी बजारमा दिनको १ बजे र मङ्सिर १९ गते तुम्बेवा– १ आङ्नाको लुक्वानी टोलमा बिहान ११ बजे वडा गठन तथा पुनर्गठन कार्यक्रम हुने जसपा, नेपाल तुम्बेवाका अध्यक्ष तथा सुज अभियानका सदस्य सचिव रोसन लाओतीले बताए ।

उक्त कार्यक्रममा एमाले, काङ्ग्रेस परित्याग गरी दुई दर्जन बढी जसपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथि जेन्टल लाओतीले पार्र्टीको सदस्यता वितरण गराएका थिए । नेता लाओतीले देशलाई परिवर्तन गर्न अब जसपालाई शक्तिको हिसाबले पहिलो र विचारको हिसाबले बैकल्पिक पार्र्टीका रुपमा निर्माण गर्ने उद्देश्य रहेको र अहिले जसपामा प्रवेशको लहरले थप उर्जा र शक्ति मिल्दै गएको बताए । सुज अभियान बैठकको कार्यक्रम सञ्चालन जसपा, नेपाल जिल्ला समन्वय समितिका सदस्य मिलन देवानले गरेका थिए ।