March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
समाजवादी विद्यार्थी युनियनको प्रदेश  एक समिति घोषणा

समाजवादी विद्यार्थी युनियनको प्रदेश एक समिति घोषणा

इटहरी । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति आइतबार घोषणा भएको छ ।

जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को पार्टी कार्यालय इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रममा ५५ सदस्यीय समिति घोषणा गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि एवम् जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले अध्यक्ष अञ्जिलहाङ किरातीको नेतृत्वमा समायोजित समाजवादी विद्यार्थी युनियनको समिति घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले पार्टी मातहतका संगठनहरुले आफ्नो विधान अनुसार गतिविधि गर्न स्वतन्त्र हुने भन्दै समायोजन कार्यदलले लामो समयको गतिरोध अन्त्य गरेर विद्यार्थीको प्रदेश समिति निर्माण गरेकोमा धन्यवाद दिएका थिए ।

युनियनका केन्द्रीय उपाध्यक्ष एवम् समायोजन कार्यदलका सदस्य सुबास लाबुङको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सदस्य जेन्टल लावती, प्रदेश कोषाध्यक्ष बिनोद नेम्बाङलगायत पार्टीका प्रदेश समितिका नेताहरु, लिम्बुवान राष्ट्रिय समितिका नेताहरु, जिल्ला समन्वय समिति र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय र प्रदेश तहका नेताहरु उपस्थित थिए ।

समायोजन कार्यदलका सदस्य एवम् युनियनका उप–महासचिव दिनेश दंगालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए भने सञ्चालन कार्यदल सदस्य एवम् केन्द्रीय सचिव सुबास राईले गरेका थिए ।

समायोजन कार्यक्रम सम्पन्न भए लगत्तै बसेको युनियनको पहिलो प्रदेश पदाधिकारी बैठकले संगठनको प्रशिक्षण, विस्तार र गतिविधि बारे विभिन्न निर्णय गरेको अध्यक्ष अञ्जिलहाङ किरातीले जानकारी दिए । यस्तै अध्यक्ष किराती र मुख्य सचिव सञ्जय अधिकारीले विज्ञप्ति जारी गरेर समायोजन कार्यदल र पार्टी प्रदेश समितिलाई धन्यवाद र कृतज्ञता ज्ञापन गरेको जनाएको छ ।

समितिको पूर्ण नामावली :

१. अध्यक्ष– अञ्जिलहाङ किराती, खोटाङ
२. उपाध्यक्ष– बिक्रम शेर्मा, झापा
३. उपाध्यक्ष– रोहित आङ्बो, पाँचथर
४. उपाध्यक्ष– राम लिङ्दम, इलाम
५. उपाध्यक्ष – ……………………., सुनसरी
६. उपाध्यक्ष – श्री लिङ्खिम, ताप्लेजुङ
७. उपाध्यक्ष – रोशन अधिकारी, मोरङ
८. उपाध्यक्ष – तरुण खवास, मोरङ
९. उपाध्यक्ष – कुशल कार्की, भोजपुर
१०. उपाध्यक्ष –
११. मुख्य सचिव – सञ्जय अधिकारी, सुनसरी
१२. सचिव – सुसनकुमारी राई, उदयपुर
१३. सचिव –
१४. सचिव – पनन राई, भोजपुर
१५. सचिव –चन्द्रनारायण यादव, मोरङ
१६. सचिव – सुमन राई, सुनसरी
१७. सचिव – सरोज लिम्बू, ताप्लेजुङ
१८. सचिव – मिलन रुम्दाली, झापा
१९. सचिव – बिपन लिम्बू, इलाम
२०. कोषाध्यक्ष – चन्दा साह, सुनसरी
२१. सदस्य – बिपन राई, उदयपुर
२२. सदस्य – निशा राई, उदयपुर
२३. सदस्य – रामबाबु मगर, उदयपुर
२४. सदस्य – रोशन राई, खोटाङ
२५. सदस्य – यशोदा तिम्सिना, खोटाङ
२६. सदस्य – सञ्जित राई, खोटाङ
२७. सदस्य – चन्दनकुमार बैठा, सुनसरी
२८. सदस्य – बिरु यादव, सुनसरी
२९. सदस्य – कुलबहादुर दर्नाल, झापा
३०. सदस्य – लक्ष्मण बोहोरा, भोजपुर
३१. सदस्य – सेमिन राई, संखुवासभा
३२. सदस्य – नवीन लिम्बू, ताप्लेजुङ
३३. सदस्य – सुष्मा राई, ताप्लेजुङ
३४. सदस्य – बिमल घिमिरे, मोरङ
३५. सदस्य – साहिल झा, मोरङ
३६. सदस्य – नितेश दाहाल, मोरङ
३७. सदस्य – आर्यन सुबेदी, सुनसरी
३८. सदस्य – सुबास खनाल, सुनसरी
३९. सदस्य – प्रवीण निरौला, सुनसरी
४०. सदस्य – रबिन खनाल, सुनसरी
४१. सदस्य – युवराज राई, सुनसरी
४२. सदस्य – उदिप लावती, धनकुटा
४३. सदस्य – सञ्जोक हुक्पाचोङ्बाङ, तेह्रथुम
४४. सदस्य – राजु सम्बाहाङ्फे, पाँचथर
४५. सदस्य – तिलक यक्पाङ्देन, पाँचथर
४६. सदस्य – गणेश सम्बाहाङ्फे, पाँचथर
४७. सदस्य – अस्मिता राई, भोजपुर
४८. सदस्य – शिखर राई, भोजपुर
४९. सदस्य – दिनेश इङ्वा, पाँचथर
५०. सदस्य – धिरेन राई, भोजपुर
५१. सदस्य – सुमित राई, भोजपुर
५२. सदस्य – सञ्जय इङ्नाम, झापा
५३. सदस्य – सुजन आङ्बोहाङ, इलाम
५४. सदस्य – राकेश कुमार यादव, मोरङ
५५. सदस्य –

समायोजन कार्यदलको तर्फबाट
१. सुबास लाबुङ, केन्द्रीय उपाध्यक्ष
२. दिनेश दंगाल, केन्द्रीय उपमहासचिव
३. सुबास राई, केन्द्रीय सचिव