March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

काठमाडौँ, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग हुनुपर्नेमा जोड दिए ।

संघीययता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायमै रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको बताए । उनले भने, ‘संघर्षको यात्रा अझै जारी छ।’

Advertisement