April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थरगत संस्थाहरूको छकलीटार भेला सुरु

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला प्रारम्भ भएको हो ।

उद्घाटन सत्रमा प्रमुख अतिथि प्रेमभक्त तुम्खेवा लगायत अतिथिहरु ।

सदरमुकाम मयङ्लुङ बजारस्थित छकलीटारमा लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजीकरण समूहको आयोजनामा शुक्रबारदेखि दुई दिवसीय भेला तथा बैठक सुरु भएको हो । भेला भाषा, सँस्कृति तथा स्वशासनको आधार पहिल्याउन, परम्परागत प्रथाजनित पुख्र्यौली भूमिमा अधिकार कायम गर्न र तुम्याङ प्रणालीको पुनस्र्थापना लगायतका विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ । भेलामा १२० सयङहरूबाट तीन सय बढी प्रतिनिधिहरू सहभागी भएको सहजीकरण समूहका सदस्य राम मादेनले जनाए । उनले भेला याक्थुङ समुदायको चो?लुङ उठाउने(प्रतिष्ठा/आत्मसम्मान कायम गर्ने) ध्येयका साथ आयोजना गरिएको उल्लेख गरे ।

Advertisement

याक्थुङहरुको भूमि अधिकारसम्बन्धि विषयमा छलफल गर्ने उद्देश्यले गरिएको उक्त भेला २०२५ सालमा पहिलो किपट अधिकार सम्बन्धि भेलामा सहभागी प्रेमभक्त तुम्खेवाको प्रमुख आतिथ्यमा सुरु भएको थियो । तत्कालीन महेन्द्रको सरकारले ०२५ मा भूमिसुधार ऐन ल्याएपछि पहिलो छकलीटार भेला आयोजना गरिएको थियो । किपट जग्गा रैकर सरह फार्छे राजीनामा गर्न र किपट जग्गामा रैकरसरह मालपोत ठोक्ने गरी ऐन बनेपछि दश लिम्बुवान सत्र थुमका ठूूला किपटिया सुब्बा, मझिया, देवान, मुखियाहरू भेला भएर राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेका थिए । ०१३ सालको लिम्बुवान प्रतिनिधिमण्डलको सदस्य समेत रहेका तुम्खेवाले साँस्कृतिक प्रतिरोधका लागि तयार रहन सबैलाई आह्वान गरे ।

लोक बाजा च्याब्रुङसहितको ¥याली ।

किपट पुनःस्थापना आन्दोलनकै पुनरावृत्ति नभएपनि याक्थुङ लिम्बुहरूको पहिचान, अस्तित्व र भूमिमाथिको साँस्कृतिक राजनीतिक एवम् सामुदायिक अधिकार संस्थागत गर्न भेला केन्द्रित रहेको अधिवक्ता शंकर खापुङ लिम्बुले बताए । आदिवासीहरूको मानवअधिकारसम्बन्धी वकिल समूह(लाहुर्निप)का सचिव समेत रहेका लिम्बुले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानून र अभिसन्धिहरूले आदिवासी समुदायको भूमिमाथिको अधिकारलाई कानूनी रूपमै प्रत्याभूत गरेको कुरा औँल्याए ।
उद्घाटन सत्रअघि तीन दर्जन बढी परम्परागत लोक बाजा च्याब्रुङसहितको ¥यालीले नगरपरिक्रमा गरेको थियो ।

बन्द सत्रमा सहभागी विभिन्न थरगत संस्थाका प्रतिनिधिहरु ।

खुल्ला सत्रलाई संघीय लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष विजय निङलेकू, जसपा जिल्ला प्रतिनिधि लोक बहादुर लिम्बू, नेकपा समाजवादीका जिल्ला अध्यक्ष कृष्ण लिम्बु, माओवादी प्रतिनिधि रमेश घिमिरे, नेकपा एमालेका छत्र रिमाल, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला, मयङलुङ नगरपालिका मेयर सञ्जय तुम्बाहाङ्फे आठराई गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको ब्यानर ।