April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘ईहूहू’ को भिडियो सार्वजनिक

‘ईहूहू’ को भिडियो सार्वजनिक

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको जागरणमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस् युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।

सागर केरुङको शब्द र संगीत रहेको गीतमा नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन् । याक्थुङ फिल्मसको प्रस्तुति रहेको गीतमा निर्मात्री चन्द्रकला साँवा, क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर फुङ्सो जवेगू, श्रृङ्गार अमृता जवेगू, सम्पादन निश्चल आचार्य र एरेञ्ज मोनिकुमार ताम्लिङको रहेको छ । जीर्ण अवस्थामा रहेको लिम्बु जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासको जागरणका लागि गीत निर्माण गरिएको याक्थुङ फिल्मसका प्रबन्ध निर्देशक सागर केरुङले बताए ।

Advertisement

सार्वजनिक भएको भिडियो ।