April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । सो भिडियो याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सागर केरुङको शब्द र संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ, गंगा फियाक, छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो जवेगू, नृत्य कोरियोग्राफी निङ्वा नेम्बाङ, शृङ्गार अमृता जवेगू, एरेन्जर मोनी ताम्लिङ र प्रकाश संयोजन निश्चल आचार्यले गरेका छन् । चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन् ।

Advertisement

भिडियो तल हेर्नुहोस् –