April 15, 2024, Monday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

शिङ्साबा समुदायको छुट्टै तथ्याङ्क सार्वजनिक गर्न माग

काठमाडौ । संखुवासभा जिल्लाको हालको भोटखोला गाउँपालिका शिङ्सा क्षेत्रमा बसोबास गर्ने समुदायको छुट्टै  तथ्यांक शिङ्साबा जाती मातृभाषा पुर्खाको भाषा सार्वजनिक गर्न माग गरेको छ ।
शुक्रबार केन्द्रीय तथ्यांक विभाग थापाथली काठमाडौमा च्याम्ताङ काठमाडौ कल्याण समाजको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लिराज जोशीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । शिङ्सा कल्याण केन्द्र धरान सुनसरी अध्यक्ष निमा पोङ्स्युवा,काठमाडौ कल्याण समाज काठमाडौका अध्यक्ष पिम्बा सेच्या र हिमालयन भोटे समाज काठमाडौका अध्यक्ष जम्लिङ नुप्पाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसर पुर्व अध्य जय बाउ ल्हामुछिरिङ नुप्पा,रिन्दोर्दोर्ची हमुवा थिकेपाको समेत सहभागी रहेका थिए ।

Advertisement

ध्यानाकर्षण पत्रमा बाह्रौ राष्ट्रिय जनगणनामा कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्मको अवधिमा अभियान अनुसार १ एक सय घरघुरिभन्दा बढिले शिङ्साबा लेखाएको छ । त्यही अनुसार तथ्यांक विभागले जेजती भए पनि शिङ्साबाको छुट्टै तथ्यांक सार्वजनिक हुनुपर्ने माग गरेको छ । आगामी दिनमा अर्थात तेह्रौं राष्ट्रिय जनगणनामा जाती पुर्खाको भाषा मातृभाषामा शिङ्साबा सूचीकरणसंगै कोड नम्बर समेत उपलब्ध हुनुपर्ने माग गरिएको हो । 

समाजले बुझाएको ज्ञापनपत्र ।

संखुवासभा जिल्लाको हालको भोटखोला गाउँपालिका जसलाई प्राचीन युगदेखी शिङ्सा क्षेत्र भनिदै आएको छ । त्यस क्षेत्रमा बसोबास समुदाय शिङ्साबा भए पनि नागरिकता ऐन २००९ सालपछि भोटे लेखाएको छ । त्यस समुदाय भित्र आलाक्पा /थिकेपा, नुप्पा, पोङ्स्युवा, नावा, मोनाङा, स्यारिङाप्ताक, खुम्बुवा लगायत थर लेखाउने र सोही अनुसार बिहेवारी चलाउने गरिन्छ ।

ध्यानाकर्षण पत्र : 

श्री कार्यालय प्रमुख ज्यु,

नेपाल सरकार राष्ट्रिय योजना आयोग

 केन्द्रीय तथ्यांक विभाग काठमाडौ ।

बिषय : `शिङ्साबा´ छुट्टै तथ्यांक सार्वजनिक बारे।

नेपाल सरकार केन्द्रिय तथ्यांक विभागले बाह्रौं राष्ट्रिय जनगणनाको पारिवारिक तथ्यांक संकलन कार्य यहि मंसिर ९ गते सम्पन्न गरेको छ ।

तथ्यांकको प्रश्नावलीको पारिवारिक ब्यक्तिगत विवरणमा पुर्खाको भाषा,मातृभाषा र जातजातिको महल नेपालका मुलबासी आदिवासीको लागि अत्यन्त महत्वपूर्ण थिए ।

नेपालमा रहेका मुलबासी आदिवासी मध्ये संखुवासभा जिल्लाको शिङ्सा क्षेत्रमा बसोबास गर्ने बासिन्दा पनि एक हो । नेपालको सरकारी लिखत दस्तावेज र वास्तविक सामुहिक पहिचान र ब्यक्तिगत पहिचानमा बेमेल रहेको छ । त्यहाँका बासिन्दाको ब्यक्तिगत पहिचान नुप्पा,थिकेपा/ आलाक्पा,पोङ्स्युवा,ढाक्तोपा,स्यारिङाप्ताक,लिम्बुवा,पेरुवा,खुम्बुवा,नावा,मोनाङा आदि र त्यसका पनि उप थरहरुबाट पहिचान परिचित गराउने र बैबाहिक सम्बन्ध समेत त्यसैको आधारबाट गरिरहेका छ्न। त्यसैगरी उपरोक्त ब्यक्तिगत पहिचानलाई सामुहिक पहिचान जनाउन शिङ्सा क्षेत्र थातथलोको शिङ्साबा ऐतिहासिक तथा आदिवासी मुलबासिको मर्म तथा यथार्थमा  छ ।
यहि मर्म यथार्थ पहिचान चिनारीलाई नेपाल सरकारको राष्ट्रिय जनगणना तथ्यांकमा नै दस्तावेजिकरण गर्ने उद्देश्य अनुसार बाह्रौ राष्ट्रिय जनगणनामा पुर्खाको भाषा मातृभाषा र जातिमा `शिङ्साबा´ लेखाउने अभियान थालिएको थियो । यस अभियानमा संस्थागत रुपमा जातिय संस्था शिङ्सा कल्याण केन्द्र धरान सुनसरी ,च्याम्ताङ काठमाडौ कल्याण समाज काठमाडौ लागेका थिए । यस जाती रहेका संखुवासभा जिल्ला हालको भोटखोला गाउँपालिका,सुनसरी,झापा,मोरङ,काठमाडौमा अभियान चलाएका थिए । पम्प्लेट बितरण अनलाइन अभियान तथा सामाजिक संजाल लगायतका माध्यमबाट व्यापक प्रचारप्रसार तथा जनचेतना चलाए ।

अभियानलाई ध्यानमा राखेर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्मको अवधिमा अभियान अनुसार १ एक सय घरघुरिभन्दा बढिले शिङ्साबा लेखाएको पाइयो ।
तसर्थ केन्द्रिय तथ्यांक विभागले छिट्टै सार्वजनिक गरिने संपुर्ण तथ्यांकमा जेजति भए पनि शिङ्साबाको तथ्यांक अन्य कुनै पनि जातजातिसंग नमिसाई छुट्टै  सार्वजनिक गरिदिन लागि यो ध्यानाकर्षण पत्र बुझाएका छौ । साथै आगामी तेह्रौं राष्ट्रिय जनगणनामा पुर्खाको भाषा,मातृभाषा र जाती शिङ्साबाको कोड नम्बर समेत उपलब्ध हुनुपर्ने माग गर्दछौं ।

यो अभियान आगामी जनगणना तथा नेपालको  नागरिता प्रमाणपत्र शैक्षिक प्रमाणपत्रमा समेत क्रमिक रुपमा दस्तावेजिकरण गरिदै लाने र लैजान समेत यसै ध्यानाकर्षण पत्र मार्फत अवगत गराउदछौ।
\

१)निमा पोङ्स्युवा अध्यक्ष शिङ्सा कल्याण केन्द्र धरान सुनसरी 
२)पिम्बा सेच्या अध्यक्ष च्याम्ताङ काठमाडौ कल्याण समाज काठमाडौ
३) जम्लिङ नुप्पा अध्यक्ष हिमालयन भोटे समाज, काठमाडौ 
बोधार्थ १)नेपाल सरकार प्रदेश १ बिराटनगर,२)भोटखोला गाउँपालिका हटिया संखुवासभा