April 15, 2024, Monday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
१७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

१७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा ‘स्वदेशी’ राई प्रथम भएकी हुन्  । 

Advertisement

उक्त प्रतियोगितामा बान्तावा भाषाको कविता “मोन गरि खाप्याङ बाखा” (त्यो बेला रुन्छ माटो) शिर्षकको कविता वाचन गरेर प्रथम हुन सफल तुलसा स्वदेशीले नेपाली भाषामा आमा कविता संग्रह र अनुत्तरित प्रश्नहरु कथा संग्रह प्रकाशित गरिसकेकी छिन् ।

त्यस्तै टेम्के-मैयुङ गापा-९ भोजपुरका कवि रविन्द्र बान्तावा दोस्रो र आमचोक गापा-३ भोजपुरकै सन्दिप राई तेस्रो भएका हुन् । 

प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय कविहरुलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ अन्तर्गत क्रमशः रु. १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पुरस्कार ग्रहण पश्चात् प्रथम हुन सफल कवि तुलसा ‘स्वदेशी’ ले आफुले प्राप्त गरेको जम्मा नगद पुरस्कारबाट बुङ्वाखा अक्षयकोषमा रु. ५ हजार नगद प्रदान गरेकी हुन् । 

बुङ्वाखाले ठूलो अवसर प्रदान गरेको उल्लेख गर्दै कवि स्वदेशीले आफुले पनि बुङ्वाखालाई सहयोग गरेको बताइन् ।

मासिक रुपमा प्रकाशित भइ रहेको किरात राई बान्तावा भाषाको पत्रीका बुङ्वाखा र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा किरात राई बान्तावा खिम, आमचोकको सह-आयोजनामा सञ्चालन भएको १७ औं वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सवको अवसरमा आयोजित बान्त्वावा कविता प्रतियोगितामा उकृष्ट १७ कविहरुलाई वाचनको लागि छनोट गरिएतापनी विविध कारणले ३ जना उपस्थित हुन नसक्दा १४ जना बान्तावा कविहरुको सहभागिता रहेको आयोजक जनाएको छ ।

बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको  मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीको प्रमुख आतिथ्यतामा झ्याम्टा बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

‘सेन्मी’ पुस्तकको विमोचन, बान्तावा कविता प्रतियोगिता, दोङ् दोङ्मा (विनायो) प्रतियोगिता, भे तालेत (तिर-धनु) प्रतियोगिता, आमचोके सर्जकहरुबिच विमर्श, छोङ्खा साकेन्वाको स्थलगत भ्रमण तथा विमर्श लगाएतको विविध कार्यक्रमको साथमा दुई दिन सम्म सञ्चालन रहेको उक्त वार्षिकोत्सव शुक्रबार समापन गरिएको हो ।

बुङ्वाखाको आगामी १८औं वार्षिकोत्सव धनकुटाको सहिदभुमिमा हुने जनाइएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी तथा आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेल, पारिजात स्मृति केन्द्र, काठमाडौंका अध्यक्ष स्नेह सायमी, बान्तावा खिम केन्द्रीय अध्यक्ष ज्ञान किराँती, डा. इश्वर कुमार राई, अतिथिहरुमा बुङ्वाखा-बेलायत अक्षयकोष संयोजक मान बहादुर राई, आमचोक-४ वडाध्यक्ष नेत्रबहादुर खत्री, साहित्यकार कविता राई, पुरस्कृत व्यक्तित्व, स्थानीय समाजसेवी तथा बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।