April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

काठमाडौँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासोक तङ्नामको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै आदिवासी याक्थुङ लिम्बु समुदायको पर्वमा बिदा घोषणा गरेको हो ।

मन्त्रालयका उपसचिव वसन्त भट्टराईले शुक्रबार सूचना जारी गर्दैै पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही – ज्यापू दिवस(धान्य पूर्णिमा)का दिन देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकारको पौष १ गते बसेको मन्त्रिपरिषदले निर्णय गरेको जनाएको छ ।

Advertisement

याक्थुङ लिम्बु समुदायले चासोक थिसोक/चासोक तङ्नाम, राई समुदायले साकेला उधौली, सुनुवारले फोलष्याँदर, याक्खाले चासुवा, नेवारले योमरी पुन्ही, खस समुदायले धान्य पूर्णिमा, थामीले भूमे पूजा भनेर यो चाडलाई धूमधामका साथ मान्ने गर्दछन् । नेपाल सरकारले सार्वजनिक बिदा कटौती भन्दै आदिवासी समुदायका अधिकांश चाडपर्वहरूमा केही वर्षयता बिदा दिन छाडेको थियो । बिदा कटौतीका विषयलाई लिएर आदिवासी र अल्पसंख्यक समुदायले पटक पटक आन्दोलन चर्काएका थिए । पौष ४ गते बिदा दिने निर्णयलाई स्वागत गरेतापनि चाड मान्न एक दिन पर्याप्त नहुने केही आदिवासी अगुवाहरूले प्रतिक्रिया दिएका छन् ।