April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

निङ्वासुमको नामलाई पुनः प्रयोग नगर्न निर्माण पक्षको अनुरोध

काठमाडौँ । आफ्नो सिर्जनाको नामलाई प्रयोग नगर्न निङ्वासुम निर्माण पक्षले सबैलाई आग्रह गरेको छ । चलचित्र निर्माणका लागि सरकारी पक्षबाट अनुमति लिइसकेको दाबी गर्दै नाम पुनः प्रयोग नगर्न आग्रह गरेको हो ।

चलचित्र विकास बोर्डको इजाजत पत्र ।

विभिन्न याक्थुङ लिम्बु गीत पालाम, नेपाली गीत र अन्य लिम्बुजन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै निङ्वासुम निर्माण समूहले निङ्वासुमको सातौँ भागसम्म बजारमा ल्याएको म्यूजिक भिडियो निर्देशक लोकेन साँवाले जनाए । हाल निङ्वासुम चलचित्रको कथा लेखन, गीतहरुको रेकर्डिङ सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत नेपाल चलचित्र विकास बोर्डबाट उक्त चलचित्रको र निङ्वासुम नामको फिल्म निर्माण इजाजत पत्र प्राप्त भइसको हुनाले अन्य चलचित्रकर्मीहरूमा सोही नाम प्रयोग नगर्न आफूहरूले आग्रह गरेको साँवाले बताए ।

Advertisement

चलचित्र निर्माण पक्षको पत्रकार सम्मेलनको एक झलक ।

निङ्वासुम निर्माण परिवारको निर्माणमा बन्न लागिरहेको चलचित्रमा रीता फोम्बो ठूलीको कथा रचना तथा संगीत रहेको छ । उक्त चलचित्रमा सुमन लिम्बु, मनु नेम्वाङ, जीवन केदेम, मनिस लिम्बु निरन्ता नेम्बाङ, माङ्गेन्ना कुरुम्बाङ लिम्बुको स्वर रहेको छ । पटकथा संवाद देवेन्द्र खापुङको रहेको छ । चलचित्र खापुङ क्रिएसन प्रालिको ब्यानरमा निर्माण हुने भएको छ ।