April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इमानसिंको इमान र बैमान

इमानसिंको इमान र बैमान

सन्दर्भः इमानसिंह चेम्जङ ११७औं जन्मजयन्ती

चेम्जङबारे केही किस्साहरुः

Advertisement

इमानसिं क्रिश्चियन धर्म मान्थे । इमानसिंको बाबु र नाती (हानसिंका जेठा छोरा)को नाम एउटै छः मेघवरसिं ।इमानसिंले तत्कालीन इस्ट इण्डिया कम्पनी ९भारत०, सुखिम र नेपालगरी तीन देशको जागिरे ।
इमानसिं १५ सालको संसदीय चुनावमा आफ्नै उपाध्यक्ष (लिम्बुवान सुधार संघ) गणेशप्रसाद रिजालसंग पराजित ।
नेपाली, अंग्रेजी, हिन्दि, बंगाली, लेप्चा भाषाका ज्ञाता इमानसिंह, लिम्बू भाषामा कमजोर ।

आरोप
इमानसिंले याक्थुङ समुदायलाई जवरजस्ती किरात बनाए ।
राईहरु भन्छनः लिम्बूहरुको बारेमा मात्र लेखेर हामीलाई अन्याय गरे ।

सायद कुनै एक बंगाली शिक्षकले ‘किरातीहरु जंगली हुन्छन्’ भनेको कालिम्पोङ रिङ्केबुङ गाउँको एउटा स्थानीय विद्यालयका लिम्बू बालकको कानमा प¥्यो । उनले तुरन्तै घरमा जानकारी गराए । हामी आफ्नै भाषा, लिपि, राज्यसमेत भएका एक सभ्य र ऐतिहासिक तथा विशिष्ट जाति भएको फेहरिस्त सुनाउदै उनका बाबुले सिरिजंगा लिपिमा लेखिएको एउटा हस्तलिखित ग्रन्थ हातमा थमाए । यही सानो घटनाले गर्दा हराउनै लागेको किरातहरुको भाषा, लिपि, संस्कृति, साहित्य, इतिहासलाई खोतलेर जीवन्त बनाउने किरातोलोजिस्ट हुन, इमानसिंह चेम्जङ ।

लिम्बूका मात्र नभई समग्र किरात समुदायको सर्वाधिक चर्चा र गौरवका महानपुरुष हुन इमानसिंह चेम्जङ । यद्यपि याक्थुङ समुदायलाई जवरजस्ती किरात बनाएर यस समुदायको पहिचानलाई अप्ठ्यारोमा पारेको पछिल्लो पुस्ताको इमानसिंमाथि आरोप छ । उता लिम्बू वाहेकका अन्य किरात वन्धुहरु उनको योगदानको सम्मान गर्न कन्जुस्याइँ गर्छन् । यथार्थ के हो भने चेम्जङले किरात समुदायको प्राचिन इतिहास, भाषा, धर्म, संस्कृति, साहित्य, लिपि, अनुसन्धान गरेर पुस्तकको रुपमा नल्याएका भए सिंगो किरात समुदाय पहिचान विहिन अवस्थामा हुने थिए ।

इमानसिंह चेम्जङको जन्म बाबु मेघवरसिंह र आमा दावापुहाङमाको काखमा १ जनवरी १९०४ कालिम्पोङमा भएको थियो । उनको पुख्र्यौली घर पान्थर आङसाराङ हो । उनका पुर्खा विदेसिनुको कथा निकै पीडाजनक छ । बाजे तत्कालीन राईलिम्बू भैरवनाथ पल्टनका सुवेदार थिए ।

जंगबहादुरको शेषपछि उनका भाइभतिजहरुले यो पल्टनको छिन्नभिन्न गरी अधिकृतहरुलाई पक्रिन थालेपछि उनका बाजे वाध्य भइ नेपाल छाडे । स्थानीय विद्यालयमा म्याट्रिक गरेर उच्च शिक्षाका लागि कलकत्ताको सेण्ट जेभिएर कलेजमा भर्ना भएर विएको परिक्षा दिन नपाउदै बाबुको देहवासनपछि उनले अध्ययानलाई रोक्नु परेको थियो ।

सन् १९२५ जुलाई २६ को डोङ्ग्रा वस्ती कालिम्पोङमा प्रवासी नेपालीहरुको पहलमा ‘याक्थुङ चुम्लुङ’ नामक संस्था स्थपना भयो । भरखरै टीनएज पार गरेका चेम्जङले दुईवटा सिरिजङगामा लेखिएको पाण्डुलिपि चुम्लुङमा प्रस्तुत गर्दै सबैले यो पढ्नुपर्ने प्रस्ताव पारित गराएपछि उनले सक्रिय समाज सेवामा हात हालेको देखिन्छ । त्यसपछि दार्जिलिङ, सुक्खिम, भोटाङ, नेपाल, खार्साङ लिम्बू बस्तीहरुमा घुमेर सिररिजंगा लिपि तथा अन्य किरातसंग संवन्धित दस्तावेजहरु संकलमा लागे । सन् १९२८ तिरै अर्का सिररिजंगा लिपिका अभियान्ता सूवेदार वाजवीर थलङसंग भेट भएपछि दुईजना मिलेर ‘तुम् याक्थुङ साप्ला’ निकाले । सुक्खिमका अर्का भाषाविद पदमसिंह मुरिङलाका अनुसार त्यो पुस्तक नै साइकोस्टाईल मेसिनबाट छापिएको वीसौं शताब्दीको पहिलो पुस्तक थियो ।

चेम्जङले सन् १९४२ मा सुक्खिमको गेजिङस्थीत एउटा प्राथमिक विद्यालयमा शिक्षकको काम पाए । केही वर्षपछि गान्टोकको सरकारी उच्च विद्यालयमा नियुक्ति भयो र पदमसिंह मुरिङला, मानबहादुर खाम्दाक, सन्तवीर खाम्दाकजस्ता पढेलेखेका लिम्बू युवाहरुको संगत पाएपछि लिम्बू जातिको रीतिथिति, संस्कति इतिहास, साहित्य सिरिजंगा लिपिको खोज, अध्ययन तिव्र गतिमा हुन थाल्यो । तत्कालै लिम्बू भाषाको पुस्तकहरु लेखेर प्रकाश गर्ने योजना बनाए युवाहरुले । चेम्जङकै अगुवाइमा सिरिजंगा लिपिमा प्राथमिक पाठ्यपुस्तक भाग १ देखि ४ सम्म प्रकाशन भयो । उनले त्यही समयमा ‘तुम् याक्थुङ हुप्पान साप्ला’ व्याकरण लेखे । ‘तुम् निङ्वाफु साप्ला’ र ‘याक्थुङ निसिगेक साप्ला’ जस्ता ऐतिहासिक पुस्तकहरु त्यही बेलामा छापिएका थिए । चेम्जङको आप्mनै प्रयासमा ‘किरात इतिहास’ सन् १९४८ मा प्रकाशमा आयो । खासगरी लिम्बूको बारे नेपालीमा यस्तो पुस्तक त्यो भन्दा पहिले लेखिएकै थिएन ।

चेम्जङले केही समय सुक्खिमको रेभेन्यू अफिसरको कामसमेत गरेका थिए । त्यो समय उनलाई गाउँगाउँमा घुमेर लिम्बू भाषा, लिपिको प्रचाप्रसार गर्ने राम्रो अवसर मिल्यो ।

इमानसिंह चेम्जङले सिरिजंगा लिपि कोबाट सिके भन्ने बारेमा कही अधिकारिक तथ्यहरु पmेला पार्न सकिएको छैन । एक ठाउँमा डा. स्वामी प्रपन्नाचार्य काले राईले चेम्जङलाई महागुरु पाल्गुनन्दले पहिलोचोटी लिम्बू मुन्धुम र सिरिजंगा लिपि सिकाएको लेखेका छन् । मैले आफैले देखेको हो भनेपनि प्रपन्नाचार्यको भनाईमा सहमत हुन सकिदैन । पहिलो कारण प्रपन्नाचार्य हाम्रो धर्म संस्कृति मात्र नभइ सिंगो किरात समुदायको खिलापमा तगिविधि गर्ने विवादित व्यक्ति हुन र दोस्रो उनले भनेको समय भन्दा झण्डै तीनदशक पहिल्यै चेम्जङ सिरिजंगा लिपिको प्रचारप्रसारमा सक्रिय लागेको देखिन्छ । सम्भवत आफ्नै बाबु मेघवरसिंह र दाजु वुद्धीमानसंिहबाट उनले लिपि सिकेको हुनुपर्छ । कसैले नेपालबाट भागेर सुक्खिम बसेका भाषाविद लालसोर सेन्दाङबाट सिरिजंगा लिपि सिकेको भनाई पनि छ । तर वृद्ध लोलसेरको आगमन कालसंगपनि मेल खादैन । लिपिको लेखपढ जानि सकेका चेम्जङले लोलसोरसंग अतिरिक्त ज्ञान प्राप्त गरेकोसम्म हुनसक्छ ।

यता नेपाली जनताले सशस्त्र क्रान्तिद्धारा राणाशाही शासनलाई परास्त गरे । त्यो जमानामा लिम्बुवानमा नरबहादुर नेम्वाङ, खड्कबहादुर नेम्वाङ डवल सुब्बा०, रामबहादुर नेम्वाङ, देउमान आङदेम्वे, काजिमान तुम्वाहाम्फे, हर्कजङ मादेन शेरहादुर लावती, महेश्वर मेन्याङवो, प्रेमबहादुर मावोहाङ, जहरमान थाम्सुहाङ आदि सुब्बाहरुको हैसियत ससानो राजाकै हुन्थ्यो । इमानसिंह चेम्जङको सांस्कृतिक आन्दोलन लिम्बुवानमा फैलिसकेको थियो । सुब्बाहरुलाई लिम्बुवानमा चेम्जङको आवश्यता परेको महसुश गरी उनलाई बोलाउने काम भयो । आकर्षक सरकारी जागिरलाई चटक्कै छाडेर वि।सं। २००९ तिर उनी यता आए ।

चेम्जङ नेपाल आएकै साल लिम्बूहरुको वृहत भेलाले ‘लिम्बुवान सुधार संघ’ को स्थपना ग¥्यो । उनी सर्वसम्वतले संघको अध्यक्ष भए । संस्थापक उपाध्यक्ष गणेशप्रसाद रिजाल भएकाले यो संस्था समावेसी भएको भन्न सकिन्छ । खासगरी लिम्बूहरुको किपट समस्या हल गर्न गठन भएको उक्त संघले भाषा, लिपि, धर्म, संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्ने अनेकौं लक्षहरु लिएको थियो । संघकै सक्रियतामा लिम्बुवान स्वायत्तताको माग राखेर राजालाई दुईदुई पटक विन्तिपत्रसमेत हालेको इतिहास छ । संघले प्रादेसिक स्वायत्तताको प्राप्तिले मात्र लिम्बू राष्ट्रियताको संरक्षण निश्चित हुने स्पष्ट पारेको थियो । लिम्बूहरुका यावत हकहितको रक्षा तथा समाज सुधार गर्ने उद्देश्यकासाथ स्थपना भएको गैर राजनीतिक संघ आखिरमा राजनीतिकको चङ्गुलमा फसेर लम्बिूका हित विपरित काम गरेको अनेकौं दृष्टान्तहरु छन् ।