लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम
पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ कार्यसमितिको आयोजना अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको हो ।

फालेलुङ ७ स्थित सिदेनमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवानमा प्रवेश गरेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव तथा निर्वाचन क्षेत्र ‘क’ का क्षेत्रीय संयोजक सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव सुबास केरुङ ‘नुनाम’, फालेलुङ गाउँपालिका अध्यक्ष कुमार केरुङ, उपाध्यक्षद्वय पुर्ण चोङ्बङ, धनबहादुर केरुङ, सचिव कुमार यवा ‘मौसम’,सघीय युवा मञ्च जिल्ला उपाध्यक्ष गगन जबेगु ‘खाम्बेक’ लगायत नेताहरुको उपस्थितमा सम्पन्न भएको छ । कार्यवाहक वडा अध्यक्ष भिम मेयोङ्बाको अध्यक्षतामा सम्पन्न भएको सचिव अमर चोङ्बाङ्ले सञ्चाल गरेका थिए ।
#लिम्बुवान राजनीति


प्रतिकृया दिनुहोस्