April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

लन्डन । एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिक बक्सरले प्रतियोगिता जितेका छन् ।

फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्र्षीय अमेरिकी खेलाडी ज्याकोबबीच घमासान भिडन्त भएको थियो ।

Advertisement

दुई निर्णायकले राइडरलाई ११५-११३ र ज्याकोबलाई ११५-११३ स्कोर दिएका थिए । राइडरले अब विश्व च्याम्पियन क्यानेलो अल्भारेज वा जिनेडी गोलोभकिन (त्रिपल जी) सँग लन्डन ओटु वेम्बली एरिनामा भिड्नेछन् ।

एनआरएनए यूके र गोर्खाको लोगोसहित खेलाडी राइडर ।

राइडरले सन् २०१० मा व्यावसायिक खेल शुरु गरेसँगै आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भाग लिएका छन् । तीमध्ये उनले ३१ भीडन्तमा जित हासिल गरेका छन् भने ५ वटामा पराजय भोगेका छन् । उनी विश्व बक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियनको रुपमा पनि परिचित छन् ।

एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै उत्रिएका पूर्व डब्ल्यू.बी.सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले प्रतियोगिता जितेकामा एनआरएनएयूके अध्यक्ष प्रेमगाहामगरले बधाई दिएका छन् ।

अध्यक्ष गाहामगरले राइडरले नेपाली र गोर्खा समुदायको पहिचान अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएको बताउँंदै उनलाई छिट्टै एनआरएनए यूके कार्यालयमा सम्मान गरिने पनि जनाए । ‘राइडर नेपालीप्रति हुरुक्कै हुने बेलायती नागरिक हुन् । उनले हामीलाई गरेको देनबाट उनी सम्मानको हकदार छन्’, गाहामगरले भने ।

गाहा मगरकै अनुरोधमा राइडरले एनआरएनए यूके तथा गोर्खाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलेका थिए । गाहामगर राइडरका पूर्व प्रशिक्षक हुन् ।

बक्सिङको संसारमा ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यू.बी.सी. च्याम्पिनयनसिप २०१९ का विजेता हुन् । विश्वकै एक उत्कृष्ट खेलाडी जोनले यसअघि लस भेगस अमेरिका तथा ओटु एरिना, लन्डनमा भएका चर्चित बक्सिङ खेलहरुमा एनआरएनए यूके र गोर्खा ब्याज लगाएर खेलेका थिए ।