April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ ‘केवाफुङ’ निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे ।

प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश हाङ्गामकाे प्रमुख आतिथ्यमा भएको अधिवेशनले केरुङकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति पनि चयन गरेको छ । समितिकाे उपाध्यक्षमा टंकमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ, सचिवमा इक्साहाङ चेम्जोङ, कोषाध्यक्षमा विन्द्रकुमार नाल्वाे छन् । त्यस्तै, सदस्यहरुमा कविन्द्र सेर्मा, मनकुमारी पन्धाक (झापा), इन्दिरा मेयङ, बुद्ध इङ्वा (पान्थर), दिलु लिङ्देन, तिर्थ साउदेन (इलाम) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

(माङ्हुप) सपथ ग्रहण गर्दै कियाचु लिम्बुवान प्रदेश समितिका पदाधिकारी सदस्यहरू ।

तत्कालीन चुम्लुङकाे प्रदेश अध्यक्ष ध्रुवकमार मेन्याङ्वाेकाे अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रीय उपाध्यक्षद्वय गाेविन्द आङ्बुङ र डा. कमल तिगेला समेत उपस्थित भएका थिए । अधिवेशनलाई सम्बाेधन गर्दै मन्त्री हाङ्गामले प्रदेशको नामाकरण हुने बेलामा सराेकारवाला समुदायले दबाब दिन सक्नुपर्ने बताए । उनले आफ्नाे पनि प्रदेशको नामाङ्कन गरिँदा पहिचान छुट्न नहुनेमा जाेड रहेको खुलाए ।

यसैगरी, शनिबार नै समितिकाे पहिलो बैठक सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष केरुङले जानकारी दिए । बैठकले सचिवालय गठनसँगै सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष एवम् सहप्राध्यापक ध्रुवकुमार मेन्याङ्वाे, डा. माेहन तुम्बाहाङ, दिलेन्द्र कुरुम्वाङ एवम् पूर्व केन्द्रीय सचिव नरेन्द्र कुमार केरुङ मनाेनीत भएका छन् । कियाचु नेपालले जिल्ला र प्रदेश समितिहरूकाे अधिवेशन सक्दै आफ्नाे महाधिवेशनकाे तयारीका लागि जुटिरहेको छ ।