April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे ।

च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक सहित र्‍यालीले फेदेन बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा उद्घाट समारोह भएको थियो । नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सोमबार सकिदै छ ।

Advertisement

उद्घाटन सत्र सुरु हुनुअघि नगर परिक्रमा गर्दै अतिथि र चुम्लुङकर्मीहरू ।

याक्थुङ लिम्बुहरुकाे साझा जातीय सामाजिक संस्था चुम्लुङको अधिवेशनमा नीति, कार्यक्रम तथा आगामि योजनाका बारे छलफल हुने बताईएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले प्रदेशको नाम खोलानालाको नभई पहिचानमा आधारित हुने बताए । प्रदेश सरकारकाले नामाकरण लागि पहल थालेको उनको भनाई थियो । विभिन्न भाषा, सस्कृतिको प्रवद्र्धनमा प्रदेश सरकारले काम गरिरहेको बताएका थिए । महाधिवेशनकाे उद्घाटन सत्र चुम्लुङ अध्यक्ष याेगराज वनेमकाे सभापतित्वमा भएको थियोे ।

महाधिवेशनका प्रमुख अतिथि प्रदेश एकका आर्थिक मामिला तथा याेजनामन्त्री इन्द्र आङ्बाेलाई प्रमाणपत्र हस्तान्तरण गर्दै चुम्लुङ अध्यक्ष याेगराज वनेम । तस्वीर स्राेत : समाजिक सञ्जाल ।

पाँच वटा पुस्तक विमोचन समेत गरिएको थियो । शनिवारदेखिनै बन्दसत्र सुरु भएको छ । नयाँ नेतृत्वका लागि उपाध्यक्षहरू डा. कमल तिगेला, उपप्राध्यापक प्रेम येक्तेन, गाेविन्द आङबुङ र महासचिव निरन्ती तुम्बापाेकाे नाम चर्चामा छ । कियाचुकाे स्थापना २०४६ भदाै १७ गते भएको थियोे ।