April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्सली नेपाली समाजकाे साढे छ महिने शारीरिक तालिम सुरु

बेक्सली नेपाली समाजकाे साढे छ महिने शारीरिक तालिम सुरु

लन्डन । बेक्सली नेपाली समाजले शारीरिक तन्दुरुस्तलाई ध्यानमा राख्दै साढे छ महिने तालिम सुरु गरेको छ । तालिम गत शनिबारदेखि सुरु भएको हाे ।

२६ हप्ते तालिम १९ मार्च शनिबारदेखि सुरु भएको थियाे । प्रत्येक शनिबार बिहान ८ बजे देखि १० बजेसम्म दुई घण्टा फिटनेस तालिम हुनेछ । ‘ब्रिङ्गिङ बीएनजी टुगेदर थ्रु फिट्नेस’ र ‘स्टे फिट फरएभर’ नाराका सुरु कार्यक्रमलाई ह्यारिस एकेडेमी स्कूलको हलमा सुरु गरिएको थियाे ।

Advertisement

उद्घाटन कार्यक्रममा लन्डन बाेराे अफ बेक्सलीका मेयर काउन्सिलर जेम्स हन्ट र ओल्ड बेक्सली र सिडकपका सांसद लुइ फ्रेञ्चकाे उपस्थिति रहेको थियोे । नेशनल लटरीबाट आर्थिक सहायता प्राप्त तालिमको कार्यक्रम समाजका महासचिव केदार थपलियाले सञ्चालन गरेका थिए भने सचिव होमनाथ ज्ञावलीले साथ दिएका थिए ।
कार्यक्रमको परिकल्पनाकार संयोजक तथा कोषाध्यक्ष दिपेन सिटैलाले स्वागत मन्तव्य दिएका थिए । उनले २६ हप्ते तालिमबारे विस्तृतमा कुरा राखेका थिए ।

संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, निवर्तमान अध्यक्ष विजय बहादुर गुरुङ र अध्यक्ष आनन्द धरेलकाे समेत उपस्थिति रहेकाे थियाे । प्रमुख अतिथि रहेका मेयर हन्टले कार्यक्रमकाे अवधारणाकाे प्रशंसा गर्दै संस्थागत सहयोग गर्ने आश्वासन दिए ।
मन्तव्य कै क्रममा सांसद फ्रेन्चलेआफू यस्तो कार्यक्रममा सहभागी हुन पाएकोमा ख़ुशी लागेको र धेरै नेपाली परिवारहरू वेलिङ बेक्सलीमा रहेकोमा ख़ुशी व्यक्त गरे ।
प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई समाजको तर्फबाट फिट्नेस साथै सबै दर्ता भएका सदस्यलाई टिसर्ट प्रदान गरिएको थियो ।
समाजका अध्यक्षले कार्यकमको परिकल्पनाकार बिमला शर्मा धरेल तथा स्वयंसेवककाे जिम्मेवारी सम्हालेका आजीवन सदस्य सोहन सुवालजीलाई धन्यवाद दिए ।

तालिममा महिला ३६ र पुरुष ३२ जना गरी जम्मा ६८ जना सहभागी भएका छन् । प्रशिक्षकहरूमा रीना गुरुङ र गुर्वी आचार्य र याेगा प्रशिक्षक सरिता शर्मा रहेका छन् । नाम दर्ताका लागि सञ्चालन भएको डेस्क मधुर मिश्र, उमेश गाैतम र नारायण पन्तले सम्हालेका थिए ।

फाेटाेग्राफीमा गुणदेव घिमिरे, साजसज्जामा बीएम प्रसाई र विमला शर्मा, मिडियामा अहिल्या कुँवर र केदार थपलियाले साथ दिएका थिए ।