April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

लन्डन । बेक्सली नेप्लिज कम्युनिटीले सञ्चालन गरेको छ हप्ते चित्रकला कक्षा भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ह्यारिस एकेडमीमा तालिम सम्पन्न भएको थियोे ।

बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट एलायन्सको संयुक्त आयोजनामा र टीके म्याक्स कम्युनिटी फन्ड र ग्रीन ग्रोसर वेलिङको साैजन्यमा गत मे २७ तारिखबाट समाजका कक्षा ७ देखि कक्षा १३ भित्रका बालबालिकाहरुलाई चित्रकला तालिम सञ्चालन गरिँदै आएको थिय‍ो ।

Advertisement

बेक्स्ली नेपाली समाजका अध्यक्ष आनन्द धरेल तथा कार्यसमितिका अन्य पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम भएको थियोे । डेभलपमेन्ट एलायन्सका संयोजक वासु शर्मा र संस्थापक अध्यक्ष केश बहादुर गुरुङको संयुक्त उपस्थितिमा रिवन काटेर सम्पन्न भकार्यक्रम लाई महासचिव केदार थपलियाले सञ्चालन गरेका थिए ।

प्रदर्शनीमा राखिएका चित्रहरू ।

चित्रकला तालिममा २० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । प्रत्येक सहभागीहरू अति नै उत्साह मिहेनतका साथ सहभागि जनाएर सिकेको र छोटो समयमा नै राम्रो चित्र बनाउन सकेकाेमा आफूअत्यन्त खुसी रहेको शिक्षिका रूरू लम्सालले बताइन् ।

तालिममा सहभागी विद्यार्थीहरूले बनाएका चित्रहरू ।

पहिला नै प्रदर्शन मा राखिएको बच्चाहरूको चित्रहरूले सबैकाे ध्यान आकर्षित गरेकाे थियो । स्वागत मन्तव्य दिदै वरिष्ठ उपाध्यक्ष हरिस ज्ञावलीले पनि शिक्षिका रूरूलाई धन्यवाद दिदै बच्चाहरूको चित्र लेख्न कलाको प्रशंसा गरे ।

कार्यक्रममा कम्युनिटी फन्ड, ग्रीन ग्रोसर वेलिङ र शिक्षिका लम्साललाई कम्युनिटीको तर्फबाट धन्यवादसहित खदा र प्रमाणपत्र संस्थाका अध्यक्ष आनन्द धरेल र उपाध्यक्ष बिजेता गौतमले प्रदान गरेका थिए ।

चित्रसँग समापन कार्यक्रमका अतिथिहरू ।

कार्यक्रम संयोजन गर्ने दीपेन्द्र सिटैला, खाजा र फाेटाेग्राफीकाे जिम्मा लिने साेहन सुवाल, शिक्षिकाद्वय अहिल्या कुंवर र सरिता शर्मा लगायत प्रशिक्षक, प्रायाेजकहरूलाई अध्यक्ष धरेलले धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरु सुपथ मूल्यमा खरिदबिक्रीका लागि पनि राखिएको थियोे । बिक्री भएका चित्रहरूकाे रकम चित्रकारहरूलाई नै प्रदान गरिएको संयाेजक सिटौलाले बताए ।