April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

बेक्सली नेपाली समाजलाई काउन्सिलकाे उत्कृष्ट उपलब्धि पुरस्कार

इस्ट लन्डन । सामाजिक काममा उल्लेख्य याेगदान पुर्‍याएकाे भन्दै बेक्सली नेपाली समाज(बीएनसी)लाई बेक्सली बाेराे काउन्सिलले उत्कृष्ट उपलब्धि पुरस्कारले सम्मानित गरेको छ । बेक्सले नेपाली समुदायलाई स्वैच्छिक र परोपकारी सेवाको लागि यो सिभिक रिकग्निसन अफ आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड २०२२ को साथमा सम्मानित गरिएको हाे ।

शनिबार १४ मेमा बेक्सली सिभिक अफिसमा बेक्सले बाेरोका मेयर जेम्स हन्टले उत्कृष्ट उपलब्धि पुरस्कार २०२२ को नागरिक मान्यता सम्मान प्रदान गरेको समाजकी मिडिया संयाेजक अहिल्या कुँवरले जनाइन् । उनले सम्मान बीएनसी र युकेभरका नेपाली समुदायका लागि ऐतिहासिक कोसेढुङ्गा र उपलब्धि भएको प्रतिक्रिया दिइन् ।

Advertisement

काउन्सिलअगाडि समाजका पदाधिकारी सदस्यहरू ।

‘यो बीएनसीका लागि एउटा एतिहासिक दिन हो । समाजका प्रत्येक सदस्यको साथ र सहयोगको फल रहेको र भविष्यमा पनि यो भन्दा राम्रो गर्न साथ सहयोग मिल्ने आशा बेक्सले नेपाली समुदायले लिएको छ,’ कुँवर उल्लेख गरिन् ।

प्राप्त गरेको अवार्ड र प्रमाणपत्र ।

बेक्स्ली नेपाली समाजले पोष्ट कोभिडमा केही उल्लेख्य गतिविधिहरू गरेका थियाे । जसमध्ये नृत्य प्रशिक्षण, युवा लक्षित कार्यक्रम, बुट क्याम्प, चित्रकला, नेपाली भाषा कक्षा लगायतकाे कार्यक्रम मूल्यांकन गरेर सो अवार्ड बेक्स्ली नेपाली समाजलाई दिइएको हो ।

अवार्डसहित समाजका अगुवाहरू ।

बेक्स्लीका मेयर जेम्स हन्टले आफैँले मनाेनयन गरेको र काउन्सिलले निर्णय गरेर एक भव्य समारोहका बीच साे पुरस्कार प्रदान गरिएको थियो ।