April 11, 2026, Saturday
२०८२ चैत्र २८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्सली नेप्लिज कम्युनिटीको एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न

बेक्सली नेप्लिज कम्युनिटीको एक दिने सरल नेपाली लेखन गोष्ठी सम्पन्न

लन्डन । बेक्सली नेप्लिज् कम्युनिटीले सरल तरिकाले नेपाली वर्ण सिकाउन एक दिने गाेष्ठी सम्पन्न गरेको छ । कम्युनिटीबाट सञ्चालित नेपाली भाषा कक्षामा २३ अप्रिलबाट ह्यारिस एकेडेमीमा सरल तरिकाले वर्णको हस्तलेखन कला कक्षा सुरु भएको हाे ।

नेपाली भाषा लिपि लाई सरल तथा एकरूपता दिने हेतुले यो कार्यक्रम राखिएको थियो । नेपाली भाषालाई माया गर्ने सम्पूर्ण बेक्स्लीबासीलाई भनेर निमन्त्रणा गरिएको कार्यक्रममा नेपाली विद्यालयका विद्यार्थी तथा अभिभावकहरूकाे उपस्थित रहेको थियो ।

Advertisement

पाँच वर्षको खोजपछिको नेपाली वर्णको हस्तलेखन कलाबारे ३० मिनटको प्रस्तुति राखिएको थियोे । जसमा साना बालबालिकालाई सहज तरिकाले हस्तलेखन गराई एक मापक अनुसार कसरी अक्षर लेखन सुन्दर बनाउन सकिन्छ भन्नेबारे जानकारी मूलक कक्षा वरिष्ठ गायक, संगीतकार, चलचित्र निर्देशक डा किरण प्रधानले प्रशिक्षण दिएका थिए । उनलाई बेक्सली नेप्लिज् कम्युनिटीका अध्यक्ष आनन्द धरेल र उपाध्यक्ष बिजेता गौतमले खदा ओढाएर स्वागत गरेका थिए ।

संस्थाका माहासचिव केदार थपलियाले सञ्चालन गरेकाे कार्यक्रममा कोषाध्यक्ष दीपेन्द्र सिटौला लगायत अभिभावकहरूको पनि उल्लेखनीय उपस्थित रहेको थियो भने नेपाली शिक्षिकाद्वय अहिल्या कुँवर र सरिता शर्माले कार्यक्रममा सहजीकरण गरेका थिए ।