April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

इजरायल । मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’  साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ ।

शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न कार्यक्रमको सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा चर्चित लोक गायिका, अभिनेत्री तथा प्राज्ञ कविता आलेकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विनेसाम केन्द्रीय सदस्य डा. नाज सिंहको स्वागत मन्तव्यसँगै गति लियो ।

Advertisement

भर्चुअल कार्यक्रममा उपस्थित सर्जकहरू ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुबाट आमाबारे निकै महत्वपूर्ण आफ्ना भनाइहरु राख्नु भयो । प्रत्यक्ष उपस्थितहरुबाट मीठा-मीठा कविता, गजल, मुक्तक, छन्द कविता आदि वाचन भएको थियो ।


महासङ्घकी कार्यक्रमको संचालन महासचिव सुनिता राई कन्दङ्वाबाट भयो भने, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, आजीवन सदस्यज्यूहरु, केन्द्रीय सल्लाहकार, पदाधिकारीहरु साथै विभिन्न शाखाहरुबाट उपस्थित भएका सम्पूर्ण पदाधिकारीहरुमा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले आभार व्यक्त गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्रा डा विष्णु एस राई (नेपाल), डा.ज्ञानु अधिकारी (काठमाडौं), गीता भण्डारी(वीरगञ्ज) र अतिथिहरूमा सीतादेवी क्षेत्री (मणिपूर/भारत), बादलदेवी चाम्लिङ(बेलबारी), राधिका कल्पित (काठमाडौं), ओमकुमारी बन्जारा रानाभाट (काठमाडौं) रहेका थिए ।

कार्यक्रममा सहभागीहरू ।

विनेसाम केन्द्रद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’मा उपस्थित सर्जकहरू :

१) रीतादेवी प्रधान ( अमेरिका )
२) सुमन मेवाहाङ ( मोरङ )
३) पुर्णिामा जी शाह ( हङकङ )
४) राधिका कल्पित (काठमाडौं )
५) प्रमुख अतिथि– कविता आले ( नेपाल )
६) नानू राना थापा (बेलायत )
७) समर चेम्जोङ ( युएइ)
८) विश्वासदीप तिगेला ( बेलायत )
९) देविका मङग्राती राई ( खर्साङ )
१०) अमित थेबे ( बेलायत )
११) मणिराज सिंह ( नेपाल )
१२) रमेन्द्र कोइराला (इनरुवा )
१३) देवी आले (नेपाल)
१४) मोहराज खनाल (अध्यक्ष- म्यान्मा )
१५) तारा कार्की (नेपाल)
१६) निराजन लुइँटेल ( काठमाडौं )
१७) सर्वधन थुलुङ राई (नेपाल)
१८) सुमित्रा आचार्य भण्डारी ( नेपाल )
१९) डा ज्ञानु अधिकारी (किर्तिपुर , नेपाल )
२०) प्रा डा विष्णु एस राई ( बेलायत )
२१) गीता भण्डारी ( बिरगंज/नेपाल )
२२) बादल देवी चालिङ (बेलबारी )
२३) प्रा डा भीम खतिवडा (नेपाल )
२४) अम्बिका याम्फु ‘अनमोल’ (काठमाडौं )
२५) कृष्ण प्रसाद गौतम ( इटहरी/नेपाल )
२६) मुना सिग्देल ( झापा-अध्यक्ष विनेसाम प्रदेश १ )
२७) डा मदन मानन्धर ( काठमाडौं )
२८) ओम कुमारी रानाभाट ( काठमाडौं )
२९) डा नाज सिंह ( बेलायत )
३०) केबी पौडेल (काठमाण्डौ/नेपाल)
३१) राहुल राई बोगिको (मणिपुर/भारत)
३२) कल्पना पौडेल जिज्ञासु (नेपालगञ्ज-अध्यक्ष-विनेसाम नेपाल शाख)
३३) ऋषिराम सापकोटा (नेपालगञ्ज)
३४) लीला लिम्बू (काठमाण्डौ)
३५) सीतादेवी क्षेत्री ( मणिपूर/भारत)
३६) रविन्द्र दिखुक्पा (जापान)
३७) सुनिता राई कन्दङ्वा (इजरायल)
३८) सुरेन्द्र लिम्बू परदेशी (भारत)