April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डा. नाजसँग साहित्यिक साँझ हुँदै

डा. नाजसँग साहित्यिक साँझ हुँदै

लन्डन । बेलायत भ्रमणमा रहेकी नेपाली साहित्यकार डा. नाज सिंहकाे साहित्यिक कार्यक्रम हुने भएको छ । विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय सदस्य सिंहकाे बुधबार बेलुकी कार्यक्रम हुन लागेको हाे ।

विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूके र पश्चिम यूके शाखाहरूकाे संयुक्त आयोजनामा हुन लागिरहेको कार्यक्रम भर्चुअल माध्यमबाट जुममा हुनेछ । बेलायती समयअनुसार आठ बजे हुने कार्यक्रममा साहित्यकार सिंहले आफ्नाे साहित्य यात्राका अनुभवहरू सुनाउने आयाेजक विनेसाम दक्षिण यूकेका अध्यक्ष विजय हितानले बताए । सिंहले केही सिर्जनाहरू पनि वाचन गर्नेछिन् ।

Advertisement

कार्यक्रमकाे विवरण ।

नेपालकाे सिरहा जिल्लाकी डा. सिंहले रसियाली जनमैत्री विश्व विद्यालय मस्को, थर्ड मेडिकल इंस्टीट्यूट मस्को रसियाबाट चिकित्सा विषयमा एमबीबीएस गरेकी छिन् । उनी नयाँदिल्लीमा कार्यरत रहेकी छिन् । उनकाे सन २०१९ मा ‘तिर्खा’ नामक त्रैभाषिक कविता सङ्ग्रह  (नेपाली, हिन्दी र मैथिली) प्रकाशित भएको छ । यसका अतिरिक्त हाई स्कूल नेपालको पाठ्यक्रममा उनको मैथिली कविता ‘सिया’ समावेश रहेको छ । उनका केही कविता प्रतिष्ठित नेपाली, हिन्दी पुस्तक र पत्रिकाहरूमा प्रकाशित छन्।