March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आसफोर्ड सरसफाई गर्दै सगरमाथा नेपाली समाज

आसफोर्ड सरसफाई गर्दै सगरमाथा नेपाली समाज

आसफोर्ड(केन्ट) । समुदायलाई स्थानीय समाजसँग घुलमिल गर्दै सामाजिक काममा अग्रसर बनाउने उद्देश्यले सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डले नगर सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत यहीँ आउँदो मे १५ तारिख आइतबारका दिन समाजको अगुवाईमा नगर सरसफाई कार्यक्रम गर्ने भएको हो ।

आसफोर्ड बोरो काउन्सिकका मेयर क्यालम नोवेल्सको प्रमुख आतिथ्यमा हुन लागिरहेको सरसफाई कार्यक्रमको अन्तिम तयारी पूरा भएको कार्यक्रम संयोजक नग्स राई बताए । उक्त कार्यक्रममा करिब तीन सय बढीको संख्यामा स्वयंसेवकहरू परिचालित हुने उनले जानकारी दिए । ‘हाम्रो नेपाली समुदायलाई स्थानीय समुदाय र काउन्सिलसँग जोड्न सामाजिक कामलाई अघि बढाएका हौँ,’ उनले भने, ‘यसले सकारात्मक सन्देश प्रवाह गर्नेछ । समुदायमा दायित्वबोध विकास गर्नेछ ।’ राईले कार्यक्रमका लागि काउन्सिलबाट सहयोग प्राप्त भएको समेत बताए । भिक्टोरिया पार्कको वटर फाउन्टेन एरियामा हुने सरफाईका लागि सगरमाथा नेपाली समाजका अतिरिक्त लायन्स क्लब, रोयल ब्रिटिस लिजियन, गोर्खा पिस फाउन्डेसनमा आबद्ध व्यक्तिहरूको सहभागिता रहनेछ ।

Advertisement

घरजग्गा खरिदबिक्रीमा परामर्श दिँदै आएका पिपल मोर्टगेजले कार्यक्रमका लागि पानीको व्यवस्था गरेको छ । सरसफाई कार्यक्रम आइतबार बिहान १० बजेदेखि मध्याहन्न १२ बजेसम्म सम्पन्न हुने सगरमाथा नेपाली समाजका अध्यक्ष कप्रसाद छन्त्यालले जनाए । उनले कार्यक्रममा सहभागी भएर सामुदायिक काममा जोडिन आसफोर्डमा रहेका सम्पूर्ण संघसंस्था, परिवार र व्यक्तिहरूलाई आह्वान गरे । छन्त्यालले सरसफाईमा युवा र बालबालिकाहरू पनि सहभागी हुने बताए । कार्यक्रम संयोजक राईले कार्यक्रमका लागि पिकअप स्टिक, हाईभिज भेस्ट, पञ्जा, फोहोर संकलन गर्ने बिन ब्याग लगायतका सामग्री तयारी अवस्थामा रहेको जनाए । कार्यक्रममा सहभागी हुन चाहनेले संयाेजक नग्स राई या समाजका सचिव जनक राईलाई सम्पर्क गर्न सक्नेछन् । नेपालीहरूको प्रतिनिधिमूलक संस्था मानिने सगरमाथा गोर्खा नेपाली समाजको स्थापना सन् २००४ मा भएको थियो । समाजले वार्षिक रूपमा खाद्यान्न दान, साँस्कृतिक उत्सव, च्यारिटी कार्यक्रमहरू गर्दै आइरहेको समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले बताए । उनले निकट भविष्यमा आफ्नै जग्गा या घर खरिद गर्ने गरी पीपीसीकाे घरदैलो अभियान पनि चलिरहेको सुनाए ।