April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

आसफाेर्ड सरसफाईमा उर्लिए नेपाली समाज

आसफाेर्ड(केन्ट) । सामुदायिक भावनाकाे विकास गर्दै स्थानीय निकायसँगकाे सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आसफाेर्डवासी नेपाली समुदायले नगर सरफसफाई कार्यक्रम सम्पन्न गरेको छ । आइतबार समाजका अगुवा व्यक्तित्वहरूसँगै स्थानीय समुदायको व्यापक सहभागितामा नगरकाे सरसफाई कार्यक्रम भएको हाे ।

सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्ड केन्टकाे आयाेजनामा भएको सरसफाइ कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका आसफाेर्ड बाेराे काउन्सिलका मेयर काउन्सिलर क्यालम नाेवेल्सले नेपाली समुदायको कामको प्रशंसा गरे । ‘हामी ज्यादै खुसी छाैँ । नेपालीहरूकाे बृहत सहभागिताले मन छाेएकाे छ,’ मेयर नाेवेल्सले भने, ‘यसले हाम्राे(काउन्सिल) र समुदायको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाएको छ । नेपाली गाेरखा समुदायको सक्रियता लाेभलाग्दाे छ ।’ उनले भविष्यमा नेपाली समुदायसँग सहकार्य गरेर कार्यक्रमहरू गर्न इच्छुक रहेको जनाए ।

Advertisement

सरसफाइ कार्यक्रममा सहभागिता जनाउँदै समाजका अध्यक्ष छन्त्यालसँग आसफाेर्ड बाेराे काउन्सिलका मेयर क्यालम नाेवेल्स(बायाँ तस्वीर) ।

कार्यक्रमकाे संयाेजन गरेका समाजसेवी नग्स राईले प्रतिकूल माैसमका बावजुद पनि नेपाली समुदायको उल्लेख्य सहभागितामा सरसफाई कार्यक्रम ऐतिहासिक भएको उल्लेख गरे । ‘हामीले साेचेकाे संख्यामा मान्छेहरू स्वयंसेवकका रूपमा आए । वृद्धा, युवा र बालबालिकाहरू पनि आएर नगर सफाईमा साथ दिए । हामी हाैसिएका छाैँ,’ राईले उत्साहित स्वरमा भने ।

भिक्टोरिया पार्ककाे फाउन्टेन वटर क्षेत्रमा भएको कार्यक्रम बिहान १० बजे सुरु भएको थियाे । संयाेजक नग्स राईले सबैलाई स्वागत गरिसकेपछि मेयर नाेवेल्सले सम्बाेधन गरेका थिए । दुई सय बढी सहभागी भएको कार्यक्रममा राेयल ब्रिटिस लिजियनका अध्यक्ष सन रायल्स एमबीई, गाेरखा पिस फाउन्डेसनका अध्यक्ष भीम तुम्बाहाङ्फे, किरात राई यायाेक्खा आसफाेर्ड अध्यक्ष, कियाचु आसफाेर्ड प्रतिनिधि, लायन्स क्लब आसफाेर्ड, सगरमाथा नेपाली समाजका संस्थापक अध्यक्ष सिरी साम्यू लिम्बु, मुख्य सल्लाहकार चक्र साम्पाङ राई, पिपल माेर्गेजका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।

संकलन भएको फाेहाेरमैला ।

वार्षिक रूपमा आयाेजना हुने कार्यक्रमले स्थानीय समुदायबीच अन्तर्घुलनमा सहयोग पुग्ने आयाेजक संस्था समाजका अध्यक्ष कप्रसाद छन्त्यालले बताए । उनले भविष्यमा सहरका अन्य क्षेत्रमा समेत सरसफाई लगायत अन्य पराेपकारी कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सफाई कार्यक्रममा सहभागी नयाँ पुस्ता ।