April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

चुम्लुङ यूकेकाे च्यारिटी डिनर मे २८ मा हुँदै

लन्डन । याक्थुङ लिम्बुहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ यूकेले यस बर्षको च्यारिटी डिनर आयाेजना गर्ने भएको छ । यहीँ आउँदो मे २८ का दिन अल्डरसटको एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।

चुम्लुङ यूकेकाे केन्द्रीय समितिले आफ्नाे नियमित कार्यक्रमअन्तर्गत आयाेजना गरिरहने यस वर्षको च्यारिटीमा नेपाल तारा उपविजेता तारा लक्सम, भूमिका शाह, अन्जना लिम्बु, कल्पना लिम्बु, सुव्रिना लिम्बु लगायत कलाकारहरूकाे उपस्थिति रहने महासचिव जुरेन्द्र खजुमले बताए । मनोरन्जनात्मक कार्यक्रमका साथमा आकर्षक अक्सन राखिने जनाएको छ । यस च्यारिटी डिनरको टिकट चुम्लुङ युकेको १६ वटै शाखाहरुबाट बिक्रीवितरण भईरहेको छ ।

Advertisement

अक्सनमा राख्न लागिएका सामग्रीहरू ।

सन् २००३ मा स्थापना भएको चुम्लुङ यूकेकाे अहिले दसाैँ कार्य समितिले कार्यक्रम गर्न लागेको हाे । संस्थामा दर्ता भएका कुनैपनि सदस्यको निधन हुन गएमा चुम्लुङकाे नियमावलीअनुसार मृतक सदस्यका परिवारलाई १ हजार पाउण्ड प्रदान गर्ने चुम्लुङ कल्याणकारी काेष रहेको छ । सो काेषमा रकम संकलनका लागि यो डिनर आयोजना गरिएको अध्यक्ष नरबीर आङबोले बताए । काेराेना महामारीपश्चात् पहिलोपटक चुम्लुङकाे च्यारिटी कार्यक्रम हुँदैछ । कियाचु यूके पञ्जीकृत सदस्यहरूकाे संख्याका हिसाबले नेपालबाहिर रहेको सबैभन्दा ठूलो चुम्लुङ संगठन हाे ।

आयोजकले लिम्बु र गैर लिम्बु सबैलाई सहभागिताको निम्ति आग्रह गरेको उपाध्यक्ष गणेश इजमले बताए । उनका अनुसार यहीँ आउँदाे जुलाई १६ मा मेडस्टाेनकाे याल्डिङमा रहेको चुम्लुङ देनमा आयाेेेजना हुने सिसेक्पा तङ्नाम कार्यक्रमकाे पनि तयारी सुरु भइसकेको जानकारी दिए ।