April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

चुम्लुङकाे सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया

विजयपुर । किरात याक्थुङ चुम्लुङले लिम्बुवानकेन्द्रित अभियान तीव्र बनाउँदै प्राज्ञिक कार्यक्रम आयाेजना गरेको छ । केन्द्रीय समितिले धरानमा एक सर्वेक्षणात्मक अध्ययनबारे अन्तरक्रिया सम्पन्न गरेको छ ।

चुम्लुङ हिममा आयाेजित अन्तरक्रिया ।

चुम्लुङ हिममा आइतबार आयाेजित ‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणत्मक अध्ययन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको केन्द्रीय समितिले जनाएको छ । संघीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा सम्पन्न भएकाे अन्तरकृयामा प्रदेश नम्बर एकका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङ, डा. राम नारायण कन्दङ्वा, डा. कमल तिगेला, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्र फोम्बो, वरिष्ठ पत्रकार हर्ष सुब्बा, नव निर्वाचित धरान ११ न. वडा अध्यक्ष लोकेन्द्र कुमार फागो, संघीय सल्लाहकार दुर्गामाया लिम्बु, संघीय सदस्य संगिता सुब्बा, ताजुब लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

चुम्लुङले यसअघि तेह्रथुममा समेत साेही विषय उपर कार्यक्रम राखेको थियोे । चुम्लुङकाे एक साँस्कृतिक टाेली केलाङकाे वृत्तचित्र बनाउन पनि पूर्वमा छायांकनमा व्यस्त रहेको डा. तिगेलाले जनाए ।