March 25, 2024, Monday
२०८० चैत्र १२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

फुङलिङ । याक्थुङ चुम्लुङ(याचु)ले आफ्नाे पहिलाे जिल्ला समिति ताप्लेजुङमा गठन गरेको छ । याक्थुङ लिम्बु समुदायको बाहुल्य रहेको जिल्लाकाे अध्यक्षमा हाङमाया लेछर्वाे लिम्बु चयन भएकी छिन् ।

शनिबार सदरमुकाम फुङलिङ नगरपालिकामा भएको शाखा गठन कार्यक्रमले लिम्बुकाे अध्यक्षतामा समिति समेत निर्माण गरेको छ । समितिकाे उपाध्यक्षहरूमा भक्त तबेबुङ र सीता लिम्बु, सचिवमा शेखर लिम्बु, सहसचिवमा सुख बहादुर ताप्मादेन, काेषाध्यक्षमा तुलसा लिम्बु, सहकाेषाध्यक्षमा चुनकला लिम्बु छन् । त्यस्तै, सदस्यहरूमा चन्द्रकला लिम्बु, अमर पालुङ्वा, उदय पूर्वेली, शकुन्तला इजम, कल्पना साँवा, मञ्जु लिम्बु, अनुपा लिम्बु, शान्ता लिम्बु, रुपा लिम्बु, चन्द्र लेछर्वाे, जुनू काम्वाङ, रणबहादुर साँवा, बाल कुमार लिम्बु र सराेज लिम्बु छन् ।

Advertisement

याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष भक्तबहादुर नवगठित ताप्लेजुङ जिल्ला समितिलाई प्रमाणपत्र र अन्य दस्तावेज हस्तान्तरण गर्दै ।

नवगठित समितिका पदाधिकारी सदस्यहरूलाई प्रमुख अतिथि एवम् याचुका अध्यक्ष भक्तबहादुर लिम्बुले प्रमाणपत्र, विधान र अन्य सामग्री हस्तान्तरण गरेका थिए । उनलेे समितिलाई याक्थुङ समुदायको माैलिक पहिचानको पक्षमा उभिन आग्रह गरे ।

याक्थुङ समुदायको माैलिक पहिचान, संस्कार र संस्कृति संरक्षण गर्ने भन्दै धराननिवासी भक्तबहादुर लिम्बुकाे नेतृत्वमा २०७७ मा याक्थुङ चुम्लुङ गठन भएको थियोे । उनी कुनै बेला किरात याक्थुङ चुम्लुङ(कियाचु) काे धरान उपमहानगरकाे वडा नम्बर १३ का अध्यक्ष पनि थिए । याक्थुङहरू ‘किरात’ वंशी नभएको भन्दै लिम्बुलगायतका चुम्लुङकर्मीहरूले याचु बनाएका थिए । उनीहरू आफूलाई सावायेत्हाङका सन्तान र युमा धर्मावलम्बी भएको मान्दै आएका छन् । प्रेम येक्तेनले नेतृत्व गरिरहेको कियाचुकाे स्थापना भने २०४६ भदौ १७ मा भएको थियो ।