May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

चुम्लुङ यूकेकाे च्यारिटी कार्यक्रममा भव्य सहभागिता

अल्डरसट । काेभिड महामारी सुरु भएको अढाई वर्षयता यूकेमा पुनः ठूला ठूला कार्यक्रमहरू हुन थालेका छन् । सन् २०१९ काे नाेभेम्बरपछि कुनै पनि सामाजिक कार्यक्रम नगरेको किरात याक्थुङ चुम्लुङ यूकेले गत शनिबार भव्य रूपमा च्यारिटी रात्री भाेज कार्यक्रम आयाेजना गरेको छ ।

अल्डरसटकाे एम्पयार हलमा कियाचु यूके केन्द्रीय समितिले सदस्यता कल्याण काेष सहयोगार्थ आयाेजना गरेको च्यारिटी डिनरमा सयाैँकाे सहभागिता रहेको थियाे । दिउँसो साढे एक बजेबाट प्रारम्भ भएको कार्यक्रम ज्येष्ठ सदस्य तुत्तु तुम्याहाङ याम आङबुहाङकाे प्रमुख आतिथ्यमा भएको थियाे । उनी वर्तमान केन्द्रीय सल्लाहकार समेत हुन् । काेभिड महामारीपछि चुम्लुङकर्मीहरूबीच भेटघाट मार्फत सम्बन्ध सुमधुर बनाउनुका साथै सदस्यता कल्याण काेषका लागि रकम सङ्कलन गर्न च्यारिटी डिनर राखिएको कियाचु यूके अध्यक्ष नरवीर आङ्वाेले बताए । ‘काेराेना महामारीपछि हामीलाई भेट्ने बहाना चाहिएको थियाे । सम्बन्ध पुनर्ताजगी गर्नु थियाे,’ उनले थपे, ‘त्यससँगै सदस्यता कल्याण काेषका खातिर रकम सङ्कलन अभियान पनि हाे ।’

Advertisement

लन्डन हाेन्स्लाेका मेयर विष्णु गुरुङ ।

चुम्लुङकाे विधानअनुसार न्यूनतम निश्चित शुल्क तिरेपछि सदस्यता प्राप्त गर्न सकिन्छ । संरक्षक, आजीवन, मानार्थ, साधारण र पञ्जीकृत सदस्यता गरेर विभिन्न प्रकारका सदस्यहरू भएपनि न्यूनतम रूपमा साधारण सदस्यता लिएकाे र वार्षिक रूपमा नवीकरण गर्दै आएका सदस्यले काेषबाट लाभ लिन सक्नेछन् । चुम्लुङकाे नियमावली २०२१ काे खण्ड ७ अनुसार कुनै पनि सदस्यकाे मृत्युु भएमा सङ्गठनले काेषबाट राहत सहयोगस्वरूप एक हजार पाउन्ड विनियोजन गर्दै आएको छ ।

परम्परागत बाजा के(च्याब्रुङ) बाेकेर केलाङ नाच्दै ।

कार्यक्रमबाट करिब दस हजार पाउन्ड बढी रकम सङ्कलन भएको आयाेजकले जनाएको छ । उपाध्यक्ष खगेन्द्र लाओेतीले संयाेजन गरेको इभेन्ट दुई चरणमा भएको थियोे । अध्यक्ष आङ्वाेकाे सभापतित्वमा भएको कार्यक्रमकाे ओैपचारिक सत्र महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए । काेषकाे रकम सही ठाउँ र उद्देश्यमा खर्चिने काेषाध्यक्ष दीपेन्द्र यक्साेले बताए । सङ्कलनकाे काममा सहकाेषाध्यक्षहरू जीवन प्यारा मादेन र नर सवेन्हिमले साथ दिएका थिए । च्यारिटीका लागि समुदायको साँस्कृतिक प्रतीकहरू लगायत बहुमुल्य उपयोगी वस्तुहरू लिलामी(अक्सन)का लागि राखिएका थिए । जसमध्ये सिलाम साक्मा, काठको तङ्वाकाे ढुङ्ग्राे, गरगहना, ढाकाका कपडा, खुकुरी, मुन्धुमसँग सम्बन्धित पुस्तकहरू लगायत २८ वस्तु तथा सामग्री थिए । अक्सनलाई महासचिव खजुमसँगै पूर्व केन्द्रीय उपाध्यक्ष एवम् विदेश विभाग प्रमुख कमला सेन्दाङ, साँस्कृतिक विभाग प्रमुख क्याप्टेन वीरेन्द्र काम्वाङ र आसफाेर्ड शाखा अध्यक्ष साेदीप थाेप्राकाे समूहले सञ्चालन गरेको थियाे ।

नृत्य प्रस्तुत गर्दै एक कलाकार ।

कार्यक्रमकाे दाेस्राे चरण भने साँस्कृतिक साँझमा रुपान्तरण भएको थियोे । चर्चित युट्युबर, सञ्चारकर्मी एवम् कलाकार सिर्जना निङ्लेकूले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली ताराका पूर्व उपविजेता तारा लक्समले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, भूमिका शाह र बेलायतकी नायिका राेमियन लिम्बुसँगै उदीयमान कलाकारहरू अञ्जना लिम्बु, कल्पना लिम्बु र सुब्रिना लिम्बुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमकाे ब्यानर ।

चुम्लुङका पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, केन्द्रीय पदाधिकारी एवम् सदस्यहरू, शाखा अध्यक्ष एवम् पदाधिकारीहरू, थामेन्दिङ्मा महिला समिति र विभिन्न लिम्बु र गैरलिम्बुजन्य सङ्गठनहरूका प्रतिनिधिहरू सहभागी भएको कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने सचिव सानु सुब्बाले बताइन् ।

यसैगरी, आगामी जुलाई १६ तारिखमा मेडस्टाेनकाे याल्डिङमा रहेको आफ्नै चुम्लुङ देन(जग्गा)मा सिसेक्पा तङ्नाम आयाेजना हुन गइरहेकाले सहभागिताका लागि बेलायतमा रहेका सम्पूर्ण याक्थुङ र गैरयाक्थुङ समुदायलाई उपाध्यक्ष गणेश इजमले आग्रहमा गरेका छन् । कार्यक्रम संयाेजक समेत रहेका इजमले तङ्नामकाे तयारी सुरु भइसकेको र यसपटक अन्य वर्षभन्दा भिन्न तरिकाले सञ्चालन गरिने सिलाैटी टाइम्सलाई बताए ।

कियाचु यूकेकाे लाेगाे ।

कियाचु यूकेकाे स्थापना सन् २००३ मा भएको थियाे । कियाचु नेपालबाहिर सदस्य सङ्ख्याका हिसाबले यूके चुम्लुङ सबैभन्दा ठूलो सङ्गठन मानिन्छ । यूकेमा १६ शाखाहरू क्रियाशील छन् ।