May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

आसफाेर्डमा राम लिम्बुले धमाका मच्चाए

आसफाेर्ड । बेलायतकाे साङ्गीतिक भ्रमणमा रहेका राम लिम्बुले आसफाेर्डमा भएको कार्यक्रममा सबैको मन जितेका छन् । चर्चित रियालिटी साे भ्वाइस अफ नेपाल सिजन-२ का विजेता लिम्बुले आधा दर्जन बढी गीत प्रस्तुत गर्दै सबैलाई नचाएका छन् ।

कार्यक्रममा झुम्दै सहभागीहरू ।

सुनगाभा प्रालिको आयोजना र केन्ट आयाेजक समितिको पहलमा यूके भ्रमणकाे दोस्राे कार्यक्रम आस्फोर्ड म्युजिक धमाका जून ४ मा सम्पन्न भएको प्रमुख संयाेजक डम्मर सिङ्गकले बताए । गायक राम लिम्बुसँगै सिजन २ को ब्याटल राउण्ड सम्म पुगेकी गायिका सन्जु मोक्तानले पनि आफ्नो गीतहरू प्रस्तुत गरिन् । उनीहरूले लाेक-पप, रक, आधुनिक गीतहरू प्रस्तुत गरेर हलमा खचाखच भरिएका दर्शकहरूलाई मन्त्रमुग्ध पारे ।

Advertisement

कार्यक्रम संयाेजक एवम् सगरमाथामा गाेरखा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गक ।

‘धेरै दर्शकले मन पराएर भोट दिई उपाधि जितेका कलाकारहरु हाम्रो घर आँगनमा आइपुगेको बेला उपस्थिति जनाएर कार्यक्रम् भव्य र सभ्य सफल पारिदिने सम्पुर्णलाइ हार्दिक् आभार् प्रकट्ट गर्दछाैँ,’ संयाेजक सिङ्गकले भने ।

गायिका सञ्जु माेक्तान ।

चर्चित भ्लगर एवम् माेडल सिर्जना निङ्लेकूले सञ्चालन गरेको कार्यक्रममा फुर्के लाहुरे उर्फ नरेश तुम्बाहाङ्फेले गीत गाएर राैनकता थपेका थिए । नृत्य प्रस्तुत गर्नेहरूमा छिलुमा राई, बियन्का गुरुङ, सेमिका राई थिए । छिमेकी नगर डाेभर नेपाली समाजबाट पनि कलाकारहरू उपस्थित भएका थिए । सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्डकाे तर्फबाट सीना लिम्बु र याङ्जी शेर्पाले प्रस्तुति दिए ।

कार्यक्रममा नाचगान गर्दै दर्शकहरू ।

कार्यक्रमकाे प्रायाेजन दि ग्लाेबल बुलियन भल्ट, चमचम बफेट, ए स्टार फायनान्सियल साेल्युसन, इन्डियन हाउस, गाेरखा भान्सा घर, गाेरखा भिल्ला, स्टाेर ९३ आइटीडी, असमी ज्वेलर्स, भेराइटी क्यास एन्ड क्यारी, हिमालयन मिनी मार्केट र आइ फिक्स फर यूले गरेका थिए ।

कार्यक्रम सञ्चालन गर्दै सिर्जना निङ्लेकू।

कार्यक्रम सफल बनाउन केन्टकाे आसफाेर्डका अतिरिक्त मेडस्टाेन, फाेक्सटाेन, क्यान्टरवरी, डाेभर, ग्रेभ्सएन्ड, मेडवे र ग्रेजबाट संयाेजक र स्वयंसेवकहरूले सहयोग गरेको अर्थ संयोजक दिल पालुङ्वाले जनाए । कार्यक्रम हालसम्म अल्डरसट, आसफाेर्ड र लन्डनमा सम्पन्न भइसकेको छ ।

फुर्के लाहुरे नामले परिचित गायक नरेश तुम्बाहाङ्फे ।