April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विनेसाम बेलायतकाे सिर्जना साँझ सम्पन्न, आज भूपी शेरचनकाे स्मृतिमा कार्यक्रम हुँदै

विनेसाम बेलायतकाे सिर्जना साँझ सम्पन्न, आज भूपी शेरचनकाे स्मृतिमा कार्यक्रम हुँदै

लन्डन । विश्व नेपाली साहित्य महासङ्घकाे बेलायत शाखाहरूले सिर्जना वाचन साँझ कार्यक्रम सम्पन्न गरेका छन् । शुक्रबार साँझ एक कार्यक्रमबीच सर्जकहरूले विभिन्न विधामा रचना वाचन गरे ।

शनिबार हुन लागिरहेको भूपी शेरचन स्मृति दिवस कार्यक्रमबारे आयाेजित अन्तिम तयारी बैठकमा करिब दर्जन सर्जकहरूले सिर्जना सुनाएका थिए । भर्चुअल रूपमा भएको बैठकमा स्मृति दिवसको छलफलपछि साँझलाई सिर्जनामय बनाएको विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके शाखा अध्यक्ष लालसुन्दर राईले बताए ।

Advertisement

स्मृति दिवसका कार्यक्रम संयाेजक गङ्गा भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष राई, नानू राना थापा, देवी आले, जित बुढाथोकी छन्त्याल, लीला सेलिङ माबाे, हाेम किरात सुनुवार, मनु राना, अमित थेवे र संयाेजक भण्डारीले कविता, मुक्तक सुनाए ।

कार्यक्रमकाे ब्यानर ।

कार्यक्रम डा. सुमाया राई पनि उपस्थित थिइन् । शनिबार बेलायतको समयानुसार दिउँसो १२ बजे सुरु हुने भूपी शेरचन स्मृति दिवसमा डा. राई प्रमुख वक्ता छिन् । प्रमुख अतिथि भने त्रिभुवन विश्वविद्यालयकाे अङ्ग्रेजी विभागका पूर्व प्रमुख एवम् वरिष्ठ समालाेचक प्रा.डा. गाेविन्दराज भट्टराई रहेका छन् । कार्यक्रम विनेसाम पश्चिम यूके र दक्षिण यूके शाखाहरूले संयुक्त रूपमा आयाेजना गर्दैछन् । साे कार्यक्रममा जुममा हुने सहसंयाेजक अमित थेवेले जनाए ।