May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमान गठन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमान गठन

काठमाडाैं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) तदर्थ समिति ओमानको गठन गरिएको छ।

गत मार्च २२/२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सम्पन्न संघको १० औं महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको थियो। नयाँ नेतृत्वको योजना अनुरुप संघलाइ बिश्वका धेरै देशमा पुर्याउने योजना अनुरुप एनआरएनए एनसीसी तदर्थ समिति ओमान गठन गरिएको छ।

Advertisement

अध्यावधिक एनसीसीहरुसँग सहकार्य गर्न र तदर्थ समिति गठन गर्नको लागि एनआरएनए आइसीसीले एक कार्यदल गठन गरेको छ। अध्यक्ष बिनोद कुँवरको संयोजकत्वमा गठित कार्यदलमा महासचिव जानकी गुरुङ, सचिव कृष्ण के सी, प्रवक्ता प्रकाश धमला साथै संबन्धित क्षेत्रका क्षेत्रीय संयोजक सदस्य रहने ब्यबस्था गरिएको छ ।

विनाेद कुँवर नेतृत्वको एनआरएनएकाे पत्र ।

गैरआवासीय नेपाली संघले तदर्थ समिति गठन संबन्धि नियमावली समेत पारित गरेको छ। सोहि नियमावली २०२२ का आधारमा यो तदर्थ समिति ओमान गठन गरिएको हो। नारायण खातीको संयोजकत्वमा गठित १० सदस्य तदर्थ समितिले आवश्यक संख्या थपेर जान पनि सक्नेछ। जुन १२, २०२२ गठित एनसीसी ओमान तदर्थ समितिलाई जुन १२ मा नै आइसीसीबाट मान्यता दिएको छ।

यस अघि एनआरएनए एनसीसी साउदी अरब, एनआरएनए एनसीसी क्यानाडा गठन भएका छन्। एनआरएनए एनसीसी क्रोयसियालाइ पनि छिट्टै मान्यता प्रदान गरिनेछ। एनआरएनए एनसीसी ओमान तेश्रो मान्यता पाएको तदर्थ समिति हो भने केहि एनआरएनए एनसीसीहरुसँग सहकार्य(साझेदारीको तयारी पनि भएको छ।

तदर्थ समिति
संयोजक-नारायण खाती
उपसंयोजक-टिकाराम बिश्वकर्मा
सदस्य-तिलक दाहाल
सदस्य-धनबहादुर लामखोर
सदस्य-रोजिना सापकोटा
सदस्य-राजु अधिकारी
सदस्य-अर्जुन रिमाल
सदस्य-कृष्णबहादुर राना
सदस्य-सुशील रावल
सदस्य-जीवन कार्की