April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

मुरिङ्लाकाे अन्त्येष्टि सम्पन्न

गान्तोक(सिक्किम) । सिक्किमका वरिष्ठ साहित्यकार तथा पद्मश्री पुरस्कारले सम्मानित विर्ख बहादुर (बीबी) मुरिङ्लाकाे अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा बुधबार अपराह्न निधन भएको थियोे ।

पद्मश्री बी बी मुरिङ्ला ।

मुरिङ्ला सिक्किमका प्रथम गायक, नेपाली साहित्यका बाल कविताकार, निबन्धकार, याक्थुङ लिम्बु साहित्यका धलेखक लिम्बु पाठ्यपुस्तक र संगीतका कारीगर थिए । पश्चिम सिक्किमको लिङचोममै शुक्रबार उनको अन्तिम संस्कार गरियो । गत केही समयदेखि अस्वस्थ रहेका मुरिङ्लाको उपचारको क्रममा गत ८ जूनको दिन गान्तोकस्थित एसटीएनएम अस्पतालमा निधन भएको थियो। तिनको अन्तिम संस्कार कार्यमा आज राज्यका जनस्वास्थ्य अभियान्त्रिकी विभागीय मन्त्री भीमहाङ लिम्बू, सांसद इन्द्र हाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, सल्लाहकार एमपी सुब्बा, जेबी सुब्बा, बीरेन्द्र तामलिङ लगायत लिम्बू समाजका प्रतिष्ठित व्याक्ति एवम् स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।

Advertisement

सन् १९४३ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण भएको अस्पतालले जनाएको छ । सन् २०१७ मा याक्थुङ भाषा र लिपिकाे विकास र प्रबर्द्धनमा उल्लेखनीय याेगदान दिएबापत भारत सरकारले उनलाई पद्मश्री सम्मानले विभूषित गरेको थियाे । खासगरी, सिक्किममा याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे उच्च तहसम्मको अध्ययनका लागि उनले विशेष नेतृत्व गरेका थिए । करिब तीन दशकभन्दा बढी समय उनले भाषा र लिपिका लागि जीवन अर्पण गरे । उनले प्राथमिक तहदेखि माध्यमिक तहसम्म हातैले सिरिजङ्गा लिपिमा पुस्तक तयार पारेका थिए । उनले व्याकरणसँगै याक्थुङ-नेपाली-अङ्ग्रेजी शब्दकाेश निर्माणमा पनि विशेष सक्रियता देखाएका थिए ।