April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

‘साेल अफ दी कमाण्डाे’ फिल्मकाे प्रिमियर अगष्टमा

लन्डन । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनीत चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर साे २७ अगष्टमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा फिल्मकाे प्रिमियर शो हुने भएको हो ।

आइतबार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरी फिल्म प्रदर्शनीकाे तयारीबारे निर्माण पक्षले जानकारी दिएका छन् । प्रिमियर शो का लागि आवश्यक तयारी भइसकेको बताएका हुन् । नेपालको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्देशन युवराज राई (वीरबहादुर राई) गरेका हुन् । विजया राईको प्रस्तुति रहेको चलचित्रलाई रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका छन् ।

Advertisement

सार्वजनिक भएको चलचित्रको पाेष्टर ।

नेपाली चलचित्र कलाकार सङ्घ, यूके(फान)की अध्यक्ष राेमियन लिम्बुले फिल्मले बेलायत र नेपालकाे सम्बन्धलाई गाेरखा सैनिककाे इतिहासमार्फत् उजागर गर्ने बताइन् ।

 
त्यस्तै, प्रिमियरमा चलचित्रका सबै कलाकारको उपस्थिति रहने
प्रस्तुतकर्ता विजया राईले बताइन् । ‘प्रिमियर शो का लागि सबै तयारी पुरा भैसकेको छ’ उनले भनिन् ‘अब हामी दर्शकको पर्खाइमा छौं ।’ एक सैनिककोे संघर्षलाई कथावस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ । प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ । संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ ।

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, शर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको अभिनय रहेको छ । तेक्वान्दो खेलाडी राजकुमार राई राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पदक जितेका व्यक्ति हुन् । उनी अहिले क्यानडामा बसाेबास गरिरहेका छन् ।

चलचित्रको संगीत सन्तोष दुमी र आनन्द राईले गरेका हुन् भने गीत राजकुमार राई र चतुरभक्त राईले लेखेका हुन् । चलचित्रको द्धन्द्ध एनवी महर्जनको हो भने छायांकन दीर्घ गुरुङले गरेका छन् ।

पत्रकार सम्मेलनमा चलचित्र निर्माता विनोद मानन्धरकाे पनि उपस्थिति रहेको थियो । सम्मेलनको सञ्चालन नायिका एवम् फानकी अध्यक्ष रोमियन लिम्बुले गरेका थिइन् ।