April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

चलचित्र समीक्षा

✍️ विश्वजित थापा मगर

Advertisement

आज भन्दा ठीक ८ बर्ष पहिले (सन् २०१४)मा चलचित्र कबड्डीको पहिलो भाग प्रदशनमा आएको थियो जुन वर्षकै सर्वाधिक चर्चाको साथै व्यापारिक हिसाबले राम्रो आम्दानी गरको थियो । यस चलचित्रले डेब्यू निर्देशक रामबाबु गुरुङसहित धरै कलाकारहरु स्थापित भएका थिए । दयाहाङ राईको स्टारडम यसपछि नै फैलिँदै आएको हो र सौगात मल्ल यस अगाडि लूटबाट नै चर्चामा थिए । सन् २०१४ मा जब भाग २ (कबड्डी कबड्डी) रिलिज भयो तब चलचित्रको सिरिज सुरु हून जान्छ । १७ मे २०२२ सम्म आईपुग्दा दर्शक माझ कबड्डी ४ बन्न पूगेको ५ । तर यति लामो यात्रा तय गरिसकेको यस् चलचित्रले धेरै प्रश्नहरु पनि उब्जाएको ५ कि आखिर यहाँसम्म आई पुग्नुको कारण के हो ? दर्शको माग, निर्देशकको दूरदर्शीता वा निर्माताको पैसाप्रति मोह ? यस्ता धेरै प्रश्नहरुको वर्षा ओईरिनु कूनै नौलो कुरो होईन । सिरिजको निरन्तरतामा धेरै कलाकारहरुको विलय र उदय भएका छन् । प्रमूख महिला पात्रको रुपमा पहिलो र दोस्रो भागमा मैया थिईन् भने तेस्रोमा उपसनासिं ठकुरीले लिन्छ । चौथो भागमा मिरुना मगरको पोल्टामा आईपुगेको छ ।

काजीको एन्टागोनिष्टमा पहिलोमा निश्चल बस्नेत, दोस्रो र चौथोमा बमकाजी यानि कि सौगात मल्ल र तेस्रोमा विल्सन विक्रम राई थिए । विके, छन्त्याल, काजीको बाउ आमा, बामकाजीको बाउ सबैको निरन्तरता देखिन्छ । त्यसमाथि दोस्रो भागमा अत्यधिक रुचाईएका तथा चलचित्रको पटकथाकार, कवि उपेन्द्र सूब्बा यानि कि झाँक्रीबा जसले छन्त्यालको श्रीमतिलाई धोकावश दुई जीउ बनाएको तर अस्पष्ट रुपमा चौथो भागमा आईपुग्दा उक्त गर्भ छन्त्यालकै रहेको छनक पाइएको छ । त्यसबाहेक झाँक्रीको उपस्थिति चलचित्रमा अनावश्यक नै हो ।

लेखक थापा मगर ।

कथावस्तु फेरि पनि काजीकै बिहैमा घुमिरहेको छ । जुन पहिलो भागदेखिनै चलिआएको हो । यसबाहेक पटकथा र कलाकारहरुको अभिनयले मात्र थप रौनकता थपेको हो । खासगरी चलचित्रको सिनेमाटोग्राफी सांच्चिकै तारिफ योग्य छ । रामबाबूले छायांकनको विभिन्न स्टाईलहरु प्रयोग गरेका छन् । तीमध्ये ल्यान्डस्केप आर्कषक छ । थकाली समूदायको फूपूचेली, मामाचेली बीचको वैवाहिक संस्कृतिमा आधारित रहेर नेपालको वैविध्यतालाई प्रस्ट्याउन उद्यत देखिन्छन् । त्यस्तो सम्बन्ध वास्तवमै अन्य समुदाउमा वर्जित नै छ । यसरी उनले परम्परागत नेपाली रीतिथिति र रहनसहनको मूलधारकै चलचित्रमा प्रस्तूत गर्नसक्नु र आम नेपालीले स्वीकार गर्न गर्व गर्न लायककै छ । तैपनि चारैवटा सिरिजमा काजीको सोल्टिनीप्रति मात्र मोह जाग्नु भनेको अस्वाभाविक र अनावश्यक देखिन्छ । काजीको सम्बन्ध नातै नपर्ने पनि गासिन सक्नु पर्ने हो । यो भनेको निर्देशको ढिपी वा चरित्रको डाईभर्सिटिको अभाव हो । काजी जत्तिको अब्बल पात्रले आफ्नो जोडी भेटाउन चौथो सिरिजसम्म कुराउन पहिलेको भागहरुको व्याज खानु नै हो । अझ चौथोसम्म आईपूग्दा काजीको जोडी फाईनल नभैसकेको छनक पाउन सकिन्छ । चलचित्रको अन्त्यसम्मै काजी र शान्ति एउटै फ्रेममा निकै कम देखा पर्छन् । आमुन्ने सामुन्ने पर्दा समेत उनीहरु सिंगल क्लोजअप सट वा बढीमा ओभर द सोल्जर सटको प्रयोगमा देखिन्टन् । यसले उनीहरुबीच अझ दूरी कायमै रहेको प्रष्टिन्छ ।

कबड्डीको कथा दोस्रो भागमै टुङ्गो लाग्नु पर्ने हो । धेरैहदसम्म रामबाबुले आफ्नो निर्देशकीय क्षमता पहिलो र दोस्रो भागमा देखाईसकेका थिए । रामबाबुले त्यो भन्दा बढी कबड्डीमा आफूलाई प्रमाणित गर्नुपर्ने केही पनि बाँकी थिएन । काजीको कथा तेस्रो र चौथोसम्मको निरन्तरता आवश्यकनै छैन । यसले जन्माएको सबैभन्दा ठूलो चूनौैती भनेका निर्देशक गुरूङ आफैलाई होकी कतै उनि कबड्डी भन्दा माथि कहिल्यै नउठ्ने हो त ? यो हुटहुटी उनको अन्य चलचित्रको सफलताबाट अझ प्रष्टिन पुग्छ ।

चलचित्रको सबल पक्षको कूरो गर्दा संगीत निकै बलियो छ । एउटामात्र गीत (केशरी) निकै मन पराइएको र टिकटकमा भाईरल बन्न पुगेको थियो । नन् डाईजेटिक साउण्डको कम भन्दा कम प्रयोग गरी कथालाई आफ्नै हिसाबले बगेको पनि छ । तैपनि कथामा गीतको निरन्तरता स्टेरियोटिपिक बलिउड र हाम्रो आफ्नै कलिउडको पुरानो फरम्याटको निरन्तरता हो । अझ कूनै कूनै दृश्यहरुमा ब्याकग्राउण्ड म्युजिकको गलत प्रयोगले कथालाई धमिल्याउने काम गरेको छ । जस्तो बमकाजीको शान्ति मिसको प्रेम वियोगमा बिलौना गर्दा कारुणिक धून साँच्चिकै कन्फ्युजिङ छ । त्यसबेला बमकाजीको परर्फमेन्समा रुने होकी डायलगमा हाँंस्ने हो अन्यौल छ । यो भनेको साउण्डको उपयोगिता नहुनु हो । रामबाबु यसमा के देखाउन, सुनाउन वा भन्न चाहेका हून् प्रष्ट छैनन् ।

अधिकांश दृश्यहरुमा मदिराको अत्यधिक प्रयोग अर्काे झिँजो लाग्दो कुरा छ । साथीभाई ईष्टमित्र भेटघाटमा जाँड रक्सीको प्रयोग धेरैजसो (कथित) मतवाली समूदायमा सामन्य मानिन्छ । तर यसको मतलब यो पनि होईन कि ती समूदायको काम भनेको केवल मदिरानै सेवन गर्नु हो । बमकाजीको जब जब गौमायासँग भेट हून्छ उसको सद्वरुवात नै रक्सी पिएपछि हुन्छ । जुन दिक्दार लाग्दो छ । जसरी मादक पदार्थको जीवनमा कुनै अर्थ छैन त्यसैगरी गौमाया गुरूङको चरित्र आवश्यकनै लाग्दैन । त्यसमाथि बमकाजीको शान्ति मिसप्रति त्यत्रो मोह अतिरञ्जित देखिन्छ । यो सम्पूर्ण रुपमा मनोरञ्जनले अभिप्रेरित छ । रामबाबु जत्तिको अब्बल निर्देशकले गर्नै नहूने भूल हो यो । चरित्रलाई केवल मनोरन्जनात्मक ढंगले प्रस्तुतिरण गरी कला पक्षलाई ओझेल पार्दा हुन जाने गल्तीको नमुना हो । भबिष्यमा यसको सिक्वेल बनाउँदा ध्यान दिनुमा राखे पक्कै राम्रो चलचित्र बन्न सक्ने कुरा निश्चित देखिन्छ । कथा पक्कै सकिएको छैन । दृश्य, संवाद र प्लट फरम्याटले अर्को भाग बन्न सक्ने अधिकांश ब्ल्यांक स्पेश छोडेका छन् । जसको मतलब चलचित्रको नामाकारण कबड्डी (द फाईनल म्याच) मा नै त्रुटी छ ।

(लेखक थापा मगर केन्ट विश्वविद्यालयमा फिल्म स्टडिज अध्ययन गरिरहेका बेलायतनिवासी लघुचलचित्र एवम् वृत्तचित्र निर्देशक हुन् ।)