April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

गायक राजेशपायल राई एकल साँझ जुलाई २४ मा

लन्डन । सुपरस्टार गायक राजेशपायल राईकाे एकल साङ्गीतिक साँझ बेलायतमा हुने भएको छ । किरात राई यायोक्खा बेलायतकाे आयाेजनामा यहीँ आउँदो २४ जुलाईमा एकल साँझ हुन लागेकाे हाे ।

‘राई इज किङ’ उपनामले परिचित गायक राई आफ्नो एकल गायनका लागि बेलायत आउन लागेका हुन् । एकल कन्सर्टबाट उठेको रकमबाट कला तथा कलाकारको सम्मान,किरात राई समुदायको भलाई,परोपकार तथा कल्याणकारी कार्यमा थप गति प्रदान गर्न खर्च हुने किरात राई यायोख्या बेलायतका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अवकाशप्राप्त क्याप्टेन सुमनचन्द्र राईले बताए ।

Advertisement

अल्डरसटमस्थित एम्पायर हलमा हुने कार्यक्रममा लाइभ ब्यान्डकाे प्रस्तुति समेत हुनेछ । जहाँ राईले दुई दर्जन हाराहारीमा गीतहरू पस्कनेछन् । सोही राईको योगदानको मूल्याड्कन गर्दै गायक राईलाई किराया बेलायतले सम्मान पनि गर्ने कार्यक्रम पनि रहेको संयाेजक राईले बताए । बेलायतका उत्कृष्ट वाद्यवादकहरु तयार गरीएको र करिव एक हजार दर्शक अट्न सक्ने क्षमता रहेको एम्पायर हलमा राई समुदाय मात्र नभई आम नेपाली संगीतप्रेमी र प्रशंसकहरू समेतलाई साँझमा सहभागी हुन आयाेजकले आह्वान गरेको छ ।

यायाेम्खाकाे प्रेस विज्ञप्ति ।

 
राजेश पायल एकल साँझको अफिसियल मिडिया पार्टनरमा वीनेपाली डटकम, नेपाली लिंक, शीतलपाटीन्युज डटकम, लन्डन नेपालन्यूज, गोर्खा मेडिया, सिलौटी टाइम्स रहेको छ । प्रेस कार्यक्रम फोनिज यूके अध्यक्ष गोमा राना, नेपाल पत्रकार महासङ्घ यूके उपाध्यक्ष प्रमिला लाबुङ राई, महासचिव नरेन्द्र बस्नेत, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी, सङ्गीतकार गङ्गाराज राई लगायतको उपस्थिति रहेको थियाे ।

प्रेस सम्मेलनमा सहभागीहरू ।